युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा – खप्तड छेडेदह गाँउपालिकाका अध्यक्ष दिल बहादु्र रावतले दशरथ माविको खेलमैदानलाई राष्ट्रिय मापदण्डको खेलमैदान बनाउनका लागि लागिरहेको बताउनु भएको छ।पाँचौ छेडेदह कप फुटवल प्रतियोगिताको उद्धघाटन कार्यक्रममा बोल्दै अध्यक्ष रावतले यस्तो बताउनु भएको हो ।

अध्यक्ष रावतले दशरथ माविको खेलमैदानलाई राष्ट्रिय मापदन्दको खेलमैदान बनाउनका लागि प्रदेश सरकारमा प्रस्ताव गरिसकेको र संघ सरकारसंग पनि समन्वय गर्ने तयारी रहेको दाबी गर्नुभयो । खेल क्षेत्रको विकास संगै सुन्दर नगरी आटिचौरलाई जिल्लाकै पहिचानका रुपमा विकास गर्न पालिकाको तर्फबाट आफु तनमन र बचनका साथ लागिपरेको बताउनुभयो ।खेलमैदान निर्माणका लागि जग्गा प्रसस्तै रहेको बताउनु हुँदै उहाँले खेल मैदान निर्माणका लागि आवश्य श्रोतको मात्रै अभाव रहेको बताउनुभयो । खेलमैदान निर्माण गर्नका लागि सरोकार राख्ने निकाय प्रदेश सरकार, संघ सरकार संग पनि निरन्तरछ समन्वय र सहकार्य गरिहेको उहाँको भनाई छ।

अन्य सहयोगि निकाय संग पनि आग्रह गरिहेको रावतले बताउनुभयो । खेल क्षेत्रको विकास संगै सुन्दर नगरी आटिचौरलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने उदेस्यमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । सबैले आ आफ्नो तर्फबाट सहयोग गरी आपसी सहकार्य समन्वय एकताका माध्यमबाट अगाडी बढ्न सकेमा मात्रै उदेश्य पुरा हुने रावतले स्पष्ट पार्नुभयो । छेडेदह स्पोर्टस क्लबले सुरु गरेको यो अभियानमा पालिका क्लबको साथमा रहेको बताउनुहुँदै अध्यक्ष रावतले गाँउपालिका स्थित अन्य राजनिति दलका व्यक्तिहरुलाई पनि यो अभियानमा जुट्न आग्रह गर्नुभयो ।

खेल क्षेत्रको विकास गर्ने उदेश्य मात्रै नभई समग्र गाँउपालिकाको विकासका लागि आयोजना गरिदै आएको फुटवल प्रतियोगिताले पालिकाको विकास र समृद्धिका दृर्घ कालिन रुपमा टेवा पुर्याउने बिश्वास व्यक्त गर्नु भएको छ।गाँउपालिकाको खेल क्षेत्रको विकासका लागि गाँउपालिकाको तर्फबाट आवश्यक लगानी गर्दै आएको र फेरी पनि गर्न तयार रहेको गाँउपालिकाकी उपाअध्यक्ष बिशु देवी नाथले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर