युनिकोड    राशिफल    एफएम रेडियाे                        

सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप सुन्दर नगरी आटिचौरमा आजबाट

बाजुरा : छेडेदह स्पोर्टस क्लबको आयोजनामा आयोजित सर्वाधिक धनराशीको पाँचौ छेडेदह कप फुटबल प्रतियोगिता आजबाट हुँदैँछ । प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ।

आयोजक कमिटीका अनु्सार प्रतियोगिताको उद्घाटन कार्यक्रम आज बिहान ११ बजे हुने बताइएको छ। प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेश सभा सदस्य जुना दानीले गर्नेछन् । यो संगै प्रतियोगिताको तयारी अन्तिक चरणमा पुगेको छ। । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमदर्ता गर्ने क्रम सकिएको छ। अहिलेसम्म् ११ टिम प्रतियोगिताको नियमाअनुसार दर्ता भइसकेका र अन्य चार बढी टिम सम्पर्कमा आएको आयोजकले बताएको छ। टिम दर्ता गर्ने समय हिजोसम्म साँझ ५ बजेसम्म मात्रे टोकिएको थियो । तर सम्पर्कमा आएका टिमहरुलाई दर्ता गर्ने क्रम भने जारी रहेको बताइएको छ।

खेल अवधिभर मदिरा बिक्रि वितरण गर्न नपाइने: 

खेल प्रतियोगिता अवधिभर खेल क्षत्रआसपासका पसलहरु र बजार क्षत्रमा मदिरा बिक्रि वितरणमा पुर्ण रुपमा बन्द गरिएको आयोजकले जनाएको छ । आयोजक छेडेदह स्पोर्टस क्लबका अनुसार खेल अवधिभर सात दिनसम्म मदिरा बिक्रि वितरणमा रोक लगाउने बताइएको छ। (बिहिबार)हिजो दिँउसो आयोजक कमिटी र अन्य स्थानीयले छलफल गरी मदिरा बिक्रि वितरण गर्न नपाइने निर्णय गरिएको हो । सो खेल क्षेत्र आसपासका बजार क्षेत्र र पसलहरुलाई खेल अवधिभर मदिरा बिक्रि वितरण नगर्न आयोजकले भनिसकेको छ । बाहिरबाट मदिरा सेवन गरेर खेल क्षेत्रभित्र प्रबेश गरी शान्तिथपु्र्ण ढंगले भइरहेको खेल बिथोल्न खोज्ने जोकोहीलाई युवाहरु को सक्रियतामा नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइने छ। शान्तिपुर्ण, सभ्य र भव्य तरिकाले खेल सम्पन्न गर्नका लागि शान्ति सुुरक्षा पनि कडा पारिने आयोजकको दाबी छ।

खेल शान्तिपुर्ण तरिकाले सम्पन्न गर्नका लागि सबै सारेकारवाला निकाय संग समन्वय र सहकार्य निरन्तर भइरहेको खेल संयोजक कृष्ण ओलीले बताएका छन् । खेललाई सभ्य रभव्य र शान्तिपुर्ण तरिकाले सम्पन्न गर्न सबैले आआफ्नो तर्फबाट सहयोग गर्न पनि आयोजक छेडेदह स्पोर्टस क्लबले अपिल गरेको छ।

विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको थियो ।सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।छेडेदह स्पोर्टस क्लबले पाँच वर्ष यता हरेक वर्षको दशैको टिका पछिको तेस्रो दिनबाट फुटबल प्रतियोगिता आयोजना गर्ने गरेको छ । लगातार पाँचौ वर्ष आयोजना गर्न लागेको प्रतियोगिता बारे क्लबले यस अघि नै सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ ।

65334c5b4f3ae

प्रथम पुरस्कार २,३५३३५

सर्वाधिक धनराशीको नाम दिइएको प्रतियोगिताको प्रथम पुरस्कार यो वर्ष २ लाख ३५ हजार ३ सय ३५ रुपैया घोषणा गरिएको छ । यस्तै द्धितीय स्थान हुने उपविजेताका लागि १ लाख २५ हजार २ सय २५ रुपैया पुरस्कार घोषणा गरिएको छ । यो जिल्लामा हालसम्मकै ठूलो धनराशीको प्रतियोगिता हो ।

 द्धित्तिय पुरस्कार युवा संघ नेपालका सचिव शाहले दिने: 

पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार राष्ट्रिय युवा संघ नेपालका सचिव विनय शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेका छन् ।छेडेदह स्पोट्र्स क्लवको आयोजनामा विजया दशमी तथा शुभदिपावलीको अवसरमा कार्तिक ११ देखि आयोजना हुन् लागेको उक्त कपको द्धित्तिय पुरस्कार १ लाख २५ हजार २ सय २५ रूपैयाँ युवा नेता शाहले व्यक्तिगत रुपमा प्रदान गर्ने घोषणा गरेको आयोजक क्षेडेदह स्पोर्ट्स क्लबले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ।

युवा माझ अति लोकप्रिय नेताको रुपमा परिचित रहेका शाहले बाजुराको खेल क्षेत्रको विकाससंगै आयोजनालाई थप सहज र आकर्षक बनाउन सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ ।

पाँचौ छेडेदह कपको द्धित्तिय पुरस्कार युवा संघ नेपालका सचिव शाहले दिने

प्रतियोगिता खप्तड छेडेदह गाउँपालिका ७ स्थित दशरथ माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुदै आएको छ । सुन्दर नगरीमा हरेक वर्ष खेल पर्व, खप्तड छेडेदहको पहिचान र गर्व भन्ने नारा दिएर प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सुन्दरनगरी आटीचौरलाई खेल नगरीको रुपमा विकास गर्न र समग्र खेल क्षेत्रको विकास प्रवद्र्धनमा सघाउ पुर्याउने लक्ष्य सहीत प्रतियोगिता आयोजना गर्ने गरिएको क्लबका खेल संयोजक कृष्ण ओलीले बताएका छन् ।यो वर्ष खेलमा वेष्ट पिलियर, राइजिङ पिलियर, वेष्ट किपर, वेष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाई पनि पुरस्कार सहीत मेडल र प्रमाण दिईने छ । खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।

खेल एन्फाकै रेफ्रीद्धारा खेलाइने छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको छ । खेलमा यो वर्षदेखि विदेशी खेलाडी पनि समावेश गर्न पाउने मापदण्ड बनाइएको छ । १८ जना खेलाडी, म्यानेजर र प्रशिक्षण गरि २० जना टिममा रहने छन् ।खेलकुदकाले सानो उपत्यका सहीतको सुन्दर नगरी आटीचौरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न र छेडेदह ताल, बढालेक क्षेत्र, डाँडासैन, बथानलेख र कुडीकोट दरबारको प्रर्बद्धनमा पनि टेवा पुग्ने विश्वास वडा अध्यक्ष खगेन्द्र रावतले गरेका छन् ।

पाँचौ छेडेदह कपको समया अवधिभर मदिरा बिक्रि वितरण गर्न नपाइने

फोटो सहीतको फारम अनिवार्य भरेर टिममा सहभागि खेलाडीको नागरिकता वा परिचय खुल्ने परिचय पत्र अनिवार्य राख्नु पर्ने र अनुशासन बाहिर रहेर खेल्ने र रेफ्री र आयोजकको निर्णयलाई अवेज्ञा गर्ने टिमलाई खेलबाट नै आउट गर्ने नियम बनाएको छ ।आयोजकले टिम दर्ता शुल्क १२ हजार र धरौटी शुल्क ३ हजार लिने छ । राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ एन्फाकै प्रतिनिधी रहने खेलमा करिब ५ सय बढी खेलाडी र हजारौको संख्यामा दर्शकहरुले खेलको अवलोकन आयोजकले अनुमान गरेको छ ।

खेल प्रयोजन गर्न मुख्य प्रयोजकका लागि २ लाख ५० हजार तोकिएको छ । भने व्यक्तिगत व्यानर र प्रचारका लागि ३० हजार तोकिएको छ । लगानी गर्ने निकायले इच्छाएको शब्द वा लोगो पदर्शन गर्न पाउने छन् । आवश्यक व्यानर, पर्चा, पप्लेटद्धारा विज्ञापन गर्न पाउने, प्रवद्र्धनका क्रियाकलाप समेत गर्न पाउने सुविधा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर