युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा –  बझाङमा असोज १६ गते मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि पटक पटक आइरहने भुकम्पको पराकम्पले बाजुरामा पनि ७ हजार १ सय ३० घरमा क्षति गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भुकम्पले बाजुरामा १३ सय ८३ घर पुर्ण रुपमा क्षति गरेको बताइएको छल । भुकम्पले सबै भन्दा बढी क्षति खप्तड छेडेदह गाउँपालिकामा गरेको छ। सो गाँउपालिकामा ९ सय ८९ घरमा क्षती भएको जिल्ला प्रशासन कार्यालउय बाजुराले जनाएको छ। त्यस्तै बडिमालिकामा १ सय १४, त्रिवेणीमा १ सय १०, बुढीगंगामा १ सय २६ र बुढीनन्दा नगरपालिका १७ घरमा पुणर्रुपमा क्षति गरेको छ भने गौमुल गाउँपालिका २५ घर र हिमाली गाउँपालिकामा २ घरमा पुर्ण रुपमा क्षति भएको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

बाजुरामा धेरै घर भत्किएका छन्, नभत्किएका घर पनि पुरै चिराचिरा भएकाले बस्न लायक नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भएको छ । ।पिडित अहिले चिसो पालमा रातकाटि रहेको बुढिगंगा नगरपालिका १० का भरत कुवरले बताउनुभयो । पालमा गर्भवती, सुत्केरी र बालबालिका बृद्धबुद्धा सबैभन्दा बढी प्रभाबित भएका छन् ।

भुकम्प गएको दिन देखी खुला आकाशमुनी च्याटिएको पाल टाँगेर बस्न प्रचभावित परिवाहरु बस्न बाध्य छन् । घरहरु चिरा चिरा भएका छन् । घर बस्न लायक नै छैनन्। भुकम्प पिडीतहरुका पिडा सुन्न भोट माग्न गाँउ पुगेकाहरु अहिले भने आएका छैनन् । अहिले आउन पनि कसरी रु बरु चसनाब नजिकिएपछी भोट माग्न जालान्, चुनाबकमा बेला गाँउ गाँउ घरघर सम्म पुग्ने नेताहरु जनता दुखुमा हुँदा वास्ता गदैनन् । एकपटक अवस्था समेत बुझ्न जनप्रतिनिधिहरु पिडीतहरुको घरसम्म् पुगो छैनन् ।

बरु पहल गरिहेका छौँ भन्दै आफु उम्किन खोजिरहेका छन् । बाजुराको बझाङ सँग जोडिएको बुढिगंगा नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिकामा केही घर भत्किएको र केही घर जोखिममा रहेका छन् । बाजुरा जिल्लाभरी नै घरहरु जोखिममा रहेका छन्, तिनवटा पालिका सबैभन्दा बढी जोखिममा रहेका छन् ।पिडितले सामान्य पाल भन्दा बाहेक अरु केही राहत नपाएको गुनासो गरेका छन् ।

स्थानीय सरकारबाट गरेको अपेक्षा अनुसारको राहात नपाउदा स्थानीय सरकारका जनप्रतिनिधिको व्यापक आलोचना पिडीतहरुले गरिरहेका छन् । सरकारप्रति र जनप्रतिनिध उनिहरुले आक्रोश पोख्दै आइरहेका छन् । चिसोका दिनहरु सुरु भएका छन् । तर उृनिहरुलाई भने त्यहीँ च्याटिएको पाल बाहेकको अर्को बिकल्प छैन । न त न्यानो लत्ताकपडानै छन् उनिहरु संग, न तर खाने प्रशस्ता आहारा नै छ। कसरी दिन गुजार्ने भन्ने पिरले सताइरहेको छ।

भूकम्पविद्हरूका अनुसार मध्य नेपालमा २०० वर्षभन्दा कम समय अवधिमा ठूला भूकम्प गएका छन् भने पूर्वी नेपालमा १९९० सालपछि ठूलो भूकम्प गएको छैन ।२०७२ सालमा भूकम्प गएको गोरखा पश्चिमको क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प गएको छैन । जमिनमुनि जति बढी समयसम्म ऊर्जा सञ्चित हुन्छ, भूकम्प त्यति नै बढी शक्तिशाली हुने भूगर्भविद्हरू बताउँछन् । त्यसैले पूर्वमा कम शक्तिशाली र पश्चिममा बढी शक्तिशाली भूकम्प जान सक्ने जोखिम छ ।

प्रतिक्रिया

सम्बन्धित खवर