युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा : बडीमालिका नगरपालिका ७ का ४६ विपम्न घर परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । दशै मनाउन सहज होस् भन्ने उदेश्यले उनीहरुलाई राहत सामाग्री वितरण गरिएको हो ।

डा कार्यालयले नगद सहित खाद्यान्न सामाग्री सहयोग गरेपछि स्थानीय दशै मनाउन सहज हुने भन्दै खुसी भएका छन् । गरिबका लागि दशै पनि दशा जस्तै हुने भएपनि वडा कार्यालयले गरेको सहयोगले दशैमा गरिबको पिडामा मलम लगाउन मद्धत गर्ने एक स्थानीयले बताएका छन ।

No description available.

बडीमालिका फाउन्डेसन र वडा कार्यालयको समन्वयमा समाजसेवीको सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । सबै परिवारलाई चामल, तेल, चिनि, नुन, दाल सावन र नगद पाँच सय वितरण गरिएको छ । राहत सामाग्री सहयोग रबी कडेलले सहयोग गरेका थिए भने समन्वय र सहकार्य पत्रकार प्रकाश सिंहले गर्नुभएको थियो ।

राहत सामाग्री वितरण कार्यक्रममा पत्रकार महासंघका उपाअध्यक्ष पदम सिंह, पत्रकार लक्ष्मीराज पाध्याय, मदन विक, वडा सदस्य लोकेन्द्र रोकाया, डब्बले विक, झिरु ल्वार , वडा सचिव सरिता ठकुल्ला लगायतको सहभागिता रहेको थियो । यस अघि पनि ३३ परिवारलाई राहत सामाग्री वितरण गरिएको थियो । सधै खाद्यान्न समस्या भैरहने बाजुरामा जहिले समस्या सुनाउनु मात्रै भन्दा पनि उत्पादनमा जोड दिनुपर्ने र कृषिमा क्रान्ति गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कृषिमा आत्मनिर्भर बन्न सकेमा मात्रै खाद्यान्न समस्या बाट मुक्त हुन सकिने उहाँले बताउनुभयो ।

No description available.

बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाधायका अनुसार वडा भित्रका ३३ विपन्न परिवारलाई मासु किन्नलाई नगद पाँच सय हस्तान्तरण गर्नुका साथै खाद्यान्न तेल,चिनी,दाल, कपडा, लगायतका सामाग्री वितरण गरिएको बताइएको छ । ७५ हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ भने एक परिवारलाई पाँच सयका दरले रु १६५० नगद हस्तान्तरण गरिएको बताउनु भएको छ । ७५ हजार खाद्यान्न सामाग्री र १६५०० नगद वितरण गरेको गरेर कुल ९१ हजार बराबरको खाद्यान्न र नगद सहयोग गरिएको वडा अध्यक्ष पाध्यायले बताउनुभएको छ ।

वडा कार्यालयको आर्थिक सहयोग, वडा अध्यक्ष पाध्यायको व्यक्तिगत सहयोगमा हरेक वर्ष वडाका स्थानीयलाई खाद्यान्न वितरण गर्दै आएको उहाँले बताउनुभएको छ । हुँदा खानेहरुको र हुँने खानेहरुको दशै तिहार एउटै होस् भन्ने उदेश्यले हरेक वर्षको दशैमा खाद्यान्न सामाग्री वितरण गर्ने गरेको उहाँको भनाई छ । वडा अध्यक्ष पाध्यायको यो उदाहरणिय काम पनि हो । वर्षको सहयोग सामाग्री सामजसेवी दयाराम अग्रवाल, आफ्नो पारिश्रमिक तथा वडाको चाडपर्व खर्चबाट खरिद गरेर वितरण गरिएको उहाँले बताउनुभएको छ ।

खाद्यान्न समस्या भएकाले आफुलाई अर्थात वडा कार्यालयमा खवर गर्न पनि अध्यक्ष पाध्यायले आग्रह गर्नुभएको छ । खाद्यान्न सामाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिने पनि अध्यक्ष पाध्यायको भनाई छ । उसो त अध्यक्ष पाध्यायले वडामा अन्य ठाउँको भन्दा रचनात्मक कार्य गर्दै आउनुभएको छ । उहाँले गर्नुभएका कतिपय कामहरू अरु जनप्रतिनिधिले पनि सिक्न र अनुसरण गर्न लायक छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर