बाजुरा: बडीमालिका नगरपालिका वडा न . ८ मा अव्यवस्थित मालिका नमुना माध्यामिक बिद्यालयले दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।एक औपचारिक कार्यक्रमका बिच शुक्रबार बिहान बिद्यालयको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
एक औपचारिक कार्यक्रम बिच बिद्यालयका प्राचार्य शुभराज पाध्यायको अध्यक्षतामा सुरु भएको कार्यक्रममा बिद्यालया सूचना अधिकारी शेर बहादुर रावल, बिद्यालयमा अध्यापन गराउदै आएका विभिन्न बिषयगत शिक्षक, विभिन्न संकायमा अध्यनरत विद्यार्थी लगायत अन्यको उपस्तिथि रहेको थियो । कार्यक्रममा कक्षा ११ एक र १२ का एक जना विद्यार्थीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कक्षा १२ मा अध्यनरत विद्यार्थी टेक बहादुर बुढाले गरेका थिए।

शिक्षक विद्यार्थी बिच शुभकामना आदानप्रदान संगै विभिन्न दशै विशेष गीतहरुमा नृत्य प्रस्तुत गरिएको थियो भने विद्यार्थीहरुले दशै विशेष रचना बाचन संगै गीतहरू समेत प्रस्तुत गरेका थिए । दशै विशेष शुभकामना आदानप्रदान कार्यक्रममा भोटेसेलो समेत प्रस्तुत गरिएको थियो । नजिकिदै गरेको बडा दशै तथा शुभ दिपावलीको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा शिक्षक र विद्यार्थीहरुले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए । औपचारिक कार्यक्रममा बिद्यालयका प्राचार्य शुभराज पाध्यायले दशै विशेष शुभकामना दिदै सँस्कृती भन्दा बाहिर गएर दशै नबनाउन विद्यार्थीहरुलाई सुझाव दिएका छन् ।

एक महिना लामो बिदाको समयमा विद्यार्थी अनुशासन भन्दा बाहिर गएर कुनैपनी हानिकारक क्रियाकलापमा संलग्न नहुन पनि आग्रह गरेका छन् । बिद्यालय बन्द भएपनी पढाईलाई निरन्तरता दिन नछाड्न विद्यार्थीलाई आग्रह गर्दै प्राचार्य पाध्यायले पारिवारिक परिस्थितिलाई मध्यनजर गरेर दशै मनाउन पनि विद्यार्थीलाई अपिल गरेका छन् । मालिका नमुना मावि सुदूरपश्चिमकै नमुना सामूदायिक विद्यालयको रुपमा अगाडि बढीरहेको छ ।विद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्दै गएपछि हरेक वर्ष निजी निजि छाडेर यहाँ आउने विद्यार्थीको संख्या बढ्दै गएको छ ।






