युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा –  बाजुराको बुढीग‌गा नगरपालिकाले नगरभित्रका भुकुम्प पीडित परिवारलाई राहत सामाग्री वितरण गरेको छ । असोज १६ गते गएको भुकुम्पमा परि पूर्ण रुपमा घर भत्केका ८६  परिवारलाई राहत स्वरुप आवश्यक सामाग्री वितरण गरिएको कार्यवाहक नगर प्रमुख एंव नगर प्रवक्ता हेमराज जैशीले बताएका छन् ।

बुढीगंगा कार्यवाहक नगर प्रमुख एंव नगर प्रवक्ता जैशीका अनुसार साेमबार भुकुम्प प्रभावित वडाहरुमा स्थलगत अनुगमन गरि उनिहरुलाई तत्काल त्रिपाल, कम्मल लगायतका राहत सामग्री वितरण गरिएको हाे ।

भुकम्पबाट पूणर्रुपमा घर भत्किएका  ८६  परिवारलाई त्रिपाल, कम्मल लगायतका सामग्री वितरण गरेको कार्यवाहक नगरप्रमुख हेमराज जैशीले बताएका छन् ।संयुक्त राष्ट्र संघिय जनसंख्या कोष, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाजुरा र बुढिगंगा नगरपालिकाको साझेदारीमा पालिका भित्रका भुकम्पबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर