बाजुरा / देशका विभिन्न जिल्लाका स्वास्थ्य संस्था र अस्पतालको डिउटीमा खटिएका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु माथि आक्रमण,दुर्व्यवहार र गालीगलौज भएको घटनाकोविरोध जनाउदै जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले स्वास्थ्यकर्मी र चिकित्सकहरु माथि विरामीको उपचारमा खटिएका बेला हातपात गर्ने अभद्र व्यवहार गर्दै गरिएको विरोध जनाउदै जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरुले आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेका छन् ।
शुक्रबार स्वास्थ्यकर्मी र चिकित्सकहरुको सुरक्षाको ग्यारेन्टी नभएसम्म अस्पतालका आकस्म्कि सेवा बाहेक अन्य सेवा प्रवाह नगर्ने जनाउदै शुक्रबार प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
स्वास्थ्यजस्तो संवेदनशिल क्षेत्रमा दिनरात नभनि विरामीको उपचारमा कार्यरत रहेका स्वास्थ्यकर्मी र चित्किसहरुलाई गरिएको कुटपिट,गालीगलौज र दुव्र्यवहारप्रति विरोध जनाउदै अस्पतालका सेवा शुक्रबारबाट बन्द गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर समिता पुनले बताएकी छन् ।
स्वास्थ्यकर्मी तथा चिकित्सकहरु माथि दुव्र्यवहार तथा गाली गलोज गर्नेलाई तत्काल पक्राउ गरी स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ पहिलो संशोधन २०७९ बमोजिम कारबाही नभएसम्म आकस्मिक बाहेकका सेवा प्रवाह नगर्ने जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार स्वास्थ्यकर्मी र चिकित्सक माथि दुव्र्यवहार गर्ने र गाली गलौज गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी दायरामा नल्याएसम्म निरन्तर रुपमा आन्दोलन गर्ने बताएका छन् ।
जिल्ल अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरु आन्दोलित भएपछि उपचारका लागि गएका विरामीहरु निराशा भएर फर्किन बाध्य भएका छन् ।
आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेपछि दैनिक रुपमा आउने विरामीहरु मर्कामा परेका छन् ।





