बाजुरा / बाजुराको मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा अनुदानको चामल पुगेको छ । शनिवार पहिलो चरणमा मार्तडी डिपोमा २ सय क्विन्टल जिरा मसिनो चामल पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले बताएका छन ।
बाजुरकै हिमाली गाउँपालिकाको कवाडी र स्वामीकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट बिक्रि केन्द्रमा भने अझै चामल पुग्न सकेको छैन । कोल्टी डिपोमा भने ५ सय क्विन्टल मौजात चामल रहेको बताइएको छ ।
मार्तडीमा रहेको शाखा कार्यालयमा आवश्यकअनुसार थप चामल आउने र अन्य बिक्रि केन्द्रमा भने ठेक्का प्रक्रिया पुरा भएपछि मात्र चामल ढुवानी हुने बताईएको छ ।





