बाजुरा / बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ६ काेर्धमा हिजाे राति आएको अबिरल बर्षा संगै चट्याङ कारण एक बालिकाको मृत्युु भएको छ । स्थानीयका अनुसार बडीमालिका नगरपालिका वडा न . ६ कोर्धका स्थानीय तुले रावलकी ११ वर्षीय छोरी परु रावलको मृत्यु भएको बताइएको छ ।
गएराती करिव साढे १२ बजे बजेको समयमा चट्याङका कारण उनको मृत्य भएको वडा न . ६ का वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष परे बडुवालले जानकारी दिएका छन् । उनका अनुसार बालिका सहित तीन पशुचौपाया पनि मरेको बताइएको छ । मृतक रावलका बुवा सहित तीन जना माथला नाम गरेको लेखमा खरक हालेर बस्दै आएका थिए ।
चट्याङका कारण बालिका संगै अन्य दुई जना पनि बेहोस अवस्थाम आफन्तले भेटेको तर अहिले भने उनिहरुको होस खुलेको कार्यवाहक अध्यक्ष बडुवालले बताए । मृतक बालिका गाँउमै रहेको ने रा आधारधुत बिद्यालयमा कक्षा २ मा अध्यनन्रत थिइन् ।
प्रहरीलाई खबर पश्चात् प्रहरीको टोली घटनास्थल तर्फ बिहान ५ बजे नै गैसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डीएसपी कबिन्द्र बोहराले बताएका छन् । घटना बारे चट्याङ परेको भन्ने खबर आएपनि अन्य आधिकारिक जानकारी भने नआएको उनले बताए । घटनाकाे बारेमा थप जानकारी आउन बाँकी छ ।





