बाजुरा / बाजुराको बडिमालिकामा जनैपूर्णिमाको अवसरमा यस वर्षपनि लागेको मेला समापन भएको छ ।धार्मिक तथा पर्यटकिय स्थलको धरोहर बडिमालिकामा मेला समापन भएको हो ।

भाद्र ११ गते देखि मेला सुरु भएर १४ गते जनै पूर्णिमाको दिन सकिएको हो। जनैपुर्णिमा मेला समापन सगै आफ्नो गाउँमा भएका कुलदेवताको पुजाका लागि धमाधम फर्किन सुरु गरेका छन ।
बडिमालिका मेलाका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट सरकारी टाेलि समेत पुगेका थिए।





