बाजुरा / बाजुराको दुर्गम गाउँ बस्तीका विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी बन्दै गएको छ। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय तथा विश्व खाद्यान कार्यक्रमको आर्थिक सहयोगमा बाजुराका २३९ वटा विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको छ।
उनले भने, “दिउँसो भोक लागेपछि बालबालिका पढाइ छोडेर नास्ताका लागि घरमा जाने गर्दथे। अहिले विद्यालयमा खाजाको व्यवस्था भएपछि पूरा कक्षा पढ्न पाएका छन्।”शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयका बालबालिकाको दिवा खाजा कार्यक्रमको रकम पालिकाको खातामा राखिदिने गरेको छ। पालिकाले सिधै विद्यालयको खातामा राख्दै आएपछि विद्यालयले त्यो रकम निकासा गर्दै विद्यार्थीलाई दिवा खाजा खुवाउने गर्दछन्।
प्रतिविद्यार्थी १५ रुपियाँ पर्ने खाजा रकमले विद्यालयले बालबालिकालाई बिस्कुट, मासु, चिउरा र फलफूल खुवाउँदै आएको छ। बाजुराका दुई पालिकाका १०१ विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालनमा छ। शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका प्रमुख हर्कबहादुर सिंहका अनुसार बाजुराका सात वटा पालिकाका झन्डै १३८ विद्यालयमा विश्व खाद्यान्न कार्यक्रम लागु भएको छ। खाद्यान कार्यक्रम लागु भएका विद्यालयमा प्रतिविद्यार्थी ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल, दुई ग्राम नुन गरी ११२ ग्राम खाद्यान कार्यक्रमले दिने गरेको छ। बाजुराका नौ वटै स्थानीय निकायमा २३७ सामुदायिक विद्यालय छन्।





