युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा  , बाजुरा खबर । बाजुरा जिल्लाका उत्पीडित दलित समुदायका मान्छेलाई निच हेयभाव प्रकट हुने गरी बाजुरा जिल्ला अदालतमा वकालत गर्नेहरू अाजभाेलि चुनाव अायाे भन्दै खुलेअाम उत्पीडित दलित समुदायका टाेल बस्तीमा गएर हाम्रो पार्टी सदैव तिमीहरूको साथमा छ भनी भाेट मागेका, निहुरी ढाेगभेट गरेका फाेटाहरू भिडियो सामाजिक सञ्जालमा देख्दा मलाई बहुत हाँसो लागेर अाउँछ । निकै चिन्ता पनि लागेर अाउँछ । विचरा; उत्पीडितहरू समक्ष जिल्लामा भएको सही खबर पुग्दै पुग्दैन रैछ कि क्या हाे ! ? याे जिज्ञासासहितकाे चिन्तागत मेरो प्रश्न छ । साँच्चै, यदि सही खबर पुग्दाे हाे त अनि चुनावमा झुट बाेल्नेहरूलाई सही मान्दै उनीहरूकै पार्टीमा चुपचापले भाेट हाल्न किन तयार हुँदा हुँन ? कुरा निकै साेचनीय छ, हाे । म अाग्रह गर्दछु कि उत्पीडित समक्ष ! अब अाँखा खाेलेर हेरिदिनुस्, कान खाेलेर सुनिदिनुस् एकपटक – उत्पीडित दलित समुदायका मान्छेहरू हाे- याे जेनुन कुरा छ । यहाँनेर सानाे विगतकाे एक घटना तपाईंहरूलाई स्मरण गराउँदै प्रशंगकाे सुरूवाद गर्छु । दुईवर्ष अघिल्तिर अन्तरजातीय विवाह सम्बन्धि रूकुम घटनामा बीभत्स हत्या भएको नवराज विकलागाए ६ जनाकाे टाेलीलाई न्याय हाेस भनी हामी बाजुरामा अान्दाेलित थियाैँ । साेही विषयकाे वर्खिलापमा एक दशकबढी समय व्यतीत गरेर दलित समुदायबाट विवेकपूर्ण तवरबाट हुर्केका पत्रकार (कलमजीवी)हरूलाई अात्मसम्मानमा निकै चाेट पुग्नेगरी यही सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका कारण बुढीगंगा नगरपालिका वडा नं.१० बाह्रवीसका सत्यराज जाेशी विरूद्व बाजुरा जिल्ला प्रहरी कार्यालय,बाजुरामा मुद्दा पर्याे । पछि बाजुरा जिल्ला अदालतले विपक्षी सत्यराज जाेशीलाई प्रचलित कानुन विपरीतकाे कार्य गरेकाे ठहर्दै ५ हजार जरिवाना ताेक्याे । पीडित दलित समुदायका पत्रकारहरूका पक्षमा न्याय हुनेगरी जितकाे फैसला भएकाे जानकारी पत्र हाम्राे हातमा थमायाे, न्यायलयले । याे त थियो अघिल्लो वर्षतिर भएको जातीय छुवाछूत तथा भेदभावको घटना । यसमा प्रतिपक्षकाे तर्फबाट वकालतनामा हाल्नु भएन कसै विद्वानमित्रहरूले । साहेद ! फरार अभियुक्त अाफ्ना विरूद्वकाे मुद्दा फेस गर्न अाएभने जिल्लाका उपल्लाे वर्गीय विद्वानहरू तयार हुन्थे हाेलान् । तर, त्यसाे भएन । जातीय भेदभाव तथा छुवाछूतको मुद्दा एक लाैटी भयाे, न्याय पाईयाे खुशी लाग्याे पीडित पत्रकारहरूले भने ! यसपटक फेरि बाजुरा जिल्लामा थप दुई वटा जातीय छुवाछुतका घटना भए । यस सम्बन्धमा केही कुरा राखाैँ यहाँनेर ! हेर्नुस् – घटना नं. १, बडीमालिका नगरपालिका वडा नं.५ मनाका स्थानीय रमेश वि.कमाथि त्यहीँका स्थानीय तथा अखिल क्रान्तिकारी बाजुराका जिल्ला अध्यक्ष समेत रहेका खेम साउँदले जातीय छुवाछूत तथा भेदभाव हुने गरी घटाएको घटना निकै जाेडबलका बाबजुद बाजुरा जिल्ला अदालत पुग्याे । तर, विपक्षी खेम साउँदलाई २५ दिन प्रहरी हिरासतमा राखी पछि ५० हजार जरिवाना र तीन महिना कैद हुने गरि सजाय ताेकियाे न्यायलयबाट । मुद्दा अदालतबाट पीडितकाे पक्षमा न्याय बाेकेर अायाे त्याे पनि खुशीकाे खबर नै हाे पीडितले त्याे बेला भने । तर, साेही समयमा पीडितका सामु दु:खकाे पहाड यति अग्लियाे कि पीडकले भनेकाे अभिव्यक्ति भन्दा यस मुद्दाको विपक्षमा उभिएर एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष नेता एवम् विद्वान अधिवक्ता पुरबहादुर रावतले दलितलाई डु…न भनेर अनि के ठकुरी भन्ने त भनी प्रतिप्रश्न सहित पीडक खेम साउदकाे पक्षधरतामा वहस पैरवी गरेकाे कुराले तत्कालीन पीडित दलित समुदायका मान्छेहरूलाई छेदविच्छेद बनायाे । उहाँले भने विद्वान अधिवक्ताकाे व्यवसायिक हिसाबमा उहाँले जातीय भेदभाव तथा छुवाछूतकाे मुद्दामा विपक्षी साईडबाट पैरवी गर्नै हुँदै हुँदैन भन्न खाेजिएकाे चाहिँ पक्कै हाेईन्, याे पङ्क्तिकारका सामु उने थपे । याे विषयमा पंङ्त्तिकार पनि त्यसमा सचेत छ । उहाँको पेशाकाे उच्च कदर गर्छाैं नै गर्छाै । यहाँ फरक कुरा के हाे भने नि जब जहाँ दलित समुदायका मान्छे पीडित भई न्यायलयलाई गुहार्न पुग्छन त्यहाँ ठाउँका ठाउँ पीडकले दिएको पीडाभन्दा वैधानिक तवरले झन पिडितकाे अात्मसम्मानमा निकै ठेस पुग्ने गरी मुद्दाकाे प्रतिपक्षमा वहस पैरवी गर्दा त्याे कति ठीक वा कति वेठीक गर्नुभाे त्याे उहाँकाे विषय हाेला ! तर, किनकि उहाँ विद्वान वकिलमात्रै हुन र ? हाेईन नि । सार्वजनिक रूपमा राजनीतिक गर्ने मान्छे, त्यसैमा पनि कम्युनिस्ट विचारधाराकाे हाेनाहार प्रभावशाली व्यक्तित्व भएकाले मचाहीँ उहाँले त्याे बेला दलित समुदायका पीडित विकको विपक्षीमा उभिएर वहस पैरवी गर्नु गलत भयाे नै भन्छु । किनकि अाज त्यसको अाडमा यतिसम्म लेख्ने माैका पङ्क्तिकारलाई दिएको उहाँले नै हाे याे । नत्र यतिसम्म लेख्ने कष्ट गर्न पर्ने थिएन । माफ गर्नु हाेला ! म उहाँप्रति उच्चभावसहित कदर नै गर्छु । उहाँले समाजकाे भलाे हुने तमाम राम्रा काम पनि गर्नु भएको छ । याे नकार्न सकिदै,सकिदैन नि ! तर, यहाँ प्रसँग वर्गीय उत्पीडनकाे हाे । जातीय भेदभाव तथा छुवाछूतको हाे । मान्छे मान्छेलाई मान्छे मानीयाेस् भन्ने तर्क काे हाे । त्यसैले साहेद ! मैले कहिकतै भाषण गर्ने माैका नै मिल्याे भने नि याे कुरा त जाेडताेडले भन्छु नै भन्छु । सार्वजनिक राजनीतिक दलमा अावद्वमान्छेहरू हामीलाई भित्र एक अनि बाहिर अाएर जब यसै यस्तै ढाेँगी दलाल स्थानीय तथा संसदीय निर्वाचन अाउँदा दलित समुदायका मान्छेका घरघरमा पुग्छन् । हामी तपाईंको हित चाहाने पैरवी गर्ने मान्छे हाे । हामीलाई भाेट हालेर चुनाव जिताउनुस् भन्दै लम्पसार पर्छन् । हाम्रा भातभान्सामा सहज पहुँच राख्छन । दन्काई दिन्छन । भात राेटी पानी जे पनि चलाउछन् विद्वान नेताहरू यतिखेर । उत्पीडित दलित समुदायका मान्छे नै ह्वात्तै भावनामा वहकी हाल्छन् । निमुखा छन्, डराई हाल्छन् । थाेर बहुत अाश्वासनमा लाेभि हाल्छन् ।दलाल संसदवादी पार्टीका उनीहरू दलितलाई ठुलठुला सपना देखाई हाल्छन । यसैमा मख्ख परिहाल्छन, उत्पीडित दलित समुदायका मान्छेहरू । कुटाई खाने र पिटपाट गर्ने ठाउँमा खुला साँढझैँ अाफैलाई ठान्छन् ती मान्छेहरू । कुन बेला बलीका बाेका भयाैँ, थाहै पाउदैनन् , विचरा दलित ! भुल्छन् , सदियाैँदेखिकाे उत्पीडन । यस्तै घटना अर्को पनि छ । घटना नं. २, बुढीगंगा नगरपालिका वडा नं. ५ का टेकेन्द्र सुनारलाई पनि यहीँ दशैँताका समयमा नाटेश्वरी मन्दिर परिसरमा अवस्थित धर्मशालामा त्रिवेणी नगरपालिका वडा नं. ७ का वडाध्यक्ष जुद्व बहादुर अयडी, पुजारी रंगलाल पाध्याय र स्थानीय युवक विनाेद अयडीसमेत तीनै जनाले पीडित सुनारलाई राम धुलाई गरे । तीनीहरूले भने के भने नि तँ डुम यहाँ मन्दिर परिसरमा अाएर डुमले पनि पुजा पाठ गर्ने ? नवरात्रीका व्रत राख्ने ? दलित साले डुमले यस्ता चण्डीका पाठ गर्ने ? धैट ! भनेर रगताम्य हुने गरि मारपिट गरी जातकै अाधारमा उचनीचमय मनाेभाव झल्काउने गरि त्यहाँबाट लखेटे । विचरा ! पीडित सुनारका झाेलामा राखिएका ६० हजार नगदसहित लुटी उनलाई जातीय भेदभाव तथा छुवाछूतसहितकाे व्यवहार गरे । याे मुद्दा राष्ट्रिय स्तरमै एकाएक प्रकाशकाे गतिमा फैलियाे । दलित अायाेगसमेतकाे ध्यानाकर्षण भयाे । सर्वपक्षीय चाँसाेकाे विषय बन्याे, त्याे घटना । दलित समुदायका पीडित टेकेन्द्र सुनारले लिखित जाहेरी दिएर याे मुद्दा यतिबेला बाजुरा जिल्ला अदालतमा विचाराधीन छ । पीडक तीनै जनालाई नेपाली काँग्रेसका निवर्तमान पार्टी सभापति एवम् विद्वान अधिवक्ता कविराज पण्डित, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि एवम् विद्वान अधिवक्ता हर्क खडायत र नेकपा एमाले जिल्ला कमिटी सदस्य एवम् विद्वान अधिवक्ता तुलाराम जाेशीसमेत गरि तीनै जना विद्वानहरूले दलित समुदायका पीडित टेकेन्द्र सुनारकाे विपक्षमा वहस पैरवी गर्नु भयाे । पीडक वडाध्यक्ष जुद्वबहादुर अयडीलगाएत तीनै जनालाई जनही १ / १ लाख धराैटीमा छुटाउन सफल पनि भए । सारमा उहाँहरूकाे वहसपनि अनि दलितलाई डु….न भनेर अनि के ठकुरी या क्षेत्री वाहुन भन्ने त मै लगभग वहस भयाे । पङ्क्तिकारलाई विश्वस्त श्राेतका अनुसार अाएकाे खबर पनि यहीँ हाे । नाटेश्वरी मन्दिर परिसर नजिकैको धर्मशालामा पीडित टेकेन्द्र सुनार कुटीए किन ? कारण के अाई लाग्याे त्यस्तो ? जसलाई नकुटी, जसको झाेलामा भएकाे साठीहजार नगद रूपैयाँ नखाेसी , त्यहाँबाट घाइते पीडित सुनारलाई न लखेटी सुखै भए न छ ती पीडकहरूलाई ? यसकाे गहिराइमा त पुग्नै पर्छ । पुग्छ नै न्यायलय त्यसमा । हाम्रो विश्वास पनि छ नै न्यायलयप्रति । यसमा दुरासय राख्नुपर्ने केही छैन । तर, कुरा के हाे भने नि । फेरि पनि दाेहाेर्याएरै भन्नुपर्ने भयाे । बाजुरा जिल्लाका उपल्लो थरीका उहाँ विद्वान वकिल साहेवहरूकाे पेशागत धर्ममा कुनै अाँच पुर्याउनु, उहाँहरूप्रति हेयभाव राखी कुनै दुराशय पाेखेकाे हाेइन, छैन् । यसमा विश्वस्त रहनुस् विद्वान वकिल साहेवहरू । मलाई गलत मनसाय बाेकी त्यतापट्टी जानू छैन् , कदापि । किनकि ठुला पार्टीकाे जिम्मेवारी पदपर्तिष्ठामा भए गरेकाहरूले र यतिखेर उहाँहरू दलाल संसदीय निर्वाचनका लागि दलित समुदायका टाेल बस्तीमा भाेट मागी हिड्छन्, खुले अाम । त्यहीँ भएर याे बेला उहाँहरूलाई यतिसम्म भनिएन भने सदीयौंदेखि उत्पीडनमा रहेकाे दलित समुदायका मान्छेहरू पुन: लुटिने खतरा ज्युउँका त्युँ रहन्छ । सचेत नागरिकका हैसियतले मैले भन्नै पर्छ, यति त । अब बन्द गर्नुस् । तपाईंको चुनावी झुटा अाश्वासन । वाईयात न झुलाउनुस् साेझासाझा दलित समुदायका मान्छेलाई, जनतालाई । तपाईंहरूकाे झुटकाे खेतीपाती अति भयाे । त्यही झुटकाे खलाेले वाक्क बनाई सक्याे । संसदीय चुनावी नाटकमञ्चनबाट चुनीयका प्रतिनिधिले याे देशमा लुट मच्चाउने सिवाहेक अरू केही गर्दैन । त्यसैले अाजभाेलि तपाईंहरूकाे याे चुनावी नाटकमा गरिएका नाङ्गा हर्कतदेखि किन हाे किन हाँसाे लागेर अाउँछ, मलाई । बरू याे पङ्त्तिकारलाई पागल करार गर्न हदैसम्मको हतकण्ठा अप्नाएपनि सक्नु हाेला ! अपनाउनुस् । म याे विषयमा सचेत छु । तर, उत्पीडित दलित समुदायका मान्छेलाई सकेजति सचेतनाका लागि अभिप्रेरित गरिरहन्छु । विश्वास छ । उत्पीडितहरू कुरा बुझ्नु हुनेछ । र, बुझ्नुपनि पर्छ । लेखक : प्रेमबहादुर विक जात व्यवस्था उन्मुलन माेर्चा- नेपालका केन्द्रीय सदस्य हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर