युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / धार्मिक तथा पर्यटकीय बडीमालिकाको जात्रामा गएका एक जना तिर्थयात्रीको अक्सिजन अभावका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको मृत्यु भएको हो ।
बडीमालिकाको दर्शनका लागि गएका बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका  लागि संचालन गरेको मेडिकल क्याम्पसमा उपचारका क्रममा मंगलबार राति ८बजेर ४२ मिनेटमा मृत्यु भएको दुर्गाभञ्जन गुल्मका गुल्मपति धर्मेन्द्र बहादुर सिंहले राससलाई जानकारी दिएका छन् ।
उनले दिएको जानकारी अनुसार मृतक बुढालाई अक्सिजन अभावका कारण त्रिवेणी धाममा अचेत अवस्थामा फेला पारेपछि सेनाको मेडिकल क्याम्पमा उपचार गर्दागर्दै मृत्यु भएको बताएका छन्  ।
यस्तै अक्सिजन अभावका कारण एक महिलाको सेनाको मेडिकलमा उपचारमा राखिएको सेनानी सिंहले बताए ।

 

अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहरा रहेकी छन् ।
उनलाइ  लेक लागेर अक्सिजन अभाव भएपछि विरामी भएको नेपाली सेना बाजुराले जनाएको छ ।
बडीमालिकाको त्रिवेणीमा मृत्यु भएको बुढा र सिकिस्त विरामी  बोहरालाई ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टरको लागि पहल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सेनाले बताएका छन् ।

 

तिर्थयात्रा गएका बुढा र विरामी बोहरालाई सेनाको हेलिकप्टर मार्फत ल्याउने गरी गृह मन्त्रालयसंग पहल भइरहेको सहायक प्रजिअ तिमल्सेनाले बताए ।
अक्सिजन अभावका कारण घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेतमा ३९ वर्षीय धनप्रसाद न्यौपानेको पचारका क्रममा मंगलबार दिउँसो  ३:२५ बजे मृत्यु भइसकेको छ ।

उनि सँगै उद्धार गरिएकी बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की अन्दाजी ७० वर्षीया झुपु धामी जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि घर फर्किसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर