युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा ।

सुदूरपश्चिमको बाजुरा जिल्लामा रहेको बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो।

badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,समुद्री सतहबाट करिब ४२ सय मिटर उचाइमा रहेको बडिमालिका जान बाजुरा सदरमुकाम मार्तडिबाट तीन दिन पैदलयात्रा गर्नुपर्छ। तस्वीरहरु: मधुसुदन दाहाल
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,यात्रा सुरु हुँदा देखि नै गाउँलेले बाटोमा पुजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडिमालिकाले सबैलाई आशिर्वाद दिउन् भन्ने कामना गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,बाटोमा खाने बस्ने व्यवस्था नभएको उक्त क्षेत्रमा जनैपूर्णिमाको मेला बाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,बाटामा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि मनै लोभ्याउने दृश्य देख्न पाइन्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,दोस्रो रात बास बस्नका लागि त्रिवेणीधाम पुगिन्छ। तीनवटा नदीको संगम रहेको उक्त क्षेत्रमा धेरै मानिसहरुले आफ्ना स्वर्गीय बाबुआमाको श्राद्ध गर्ने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,त्रिवेणीधामबाट कहिले तेर्सो र कहिले कहालीलाग्दो उकालो करिब ६ घण्टा हिडेपछि बडिमालिका पुगिन्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,वर्षमा धेरै समय हिउँ पर्ने बडिमालिकामा नेपाल र भारतका थुप्रै भक्तजन आउने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,धार्मिक र प्राकृतिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा पुग्न काठमाण्डूबाट झण्डै डेढ साता लाग्ने गर्छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयबासी गुनासो गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडिमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारी स्तरबाट पूजा गर्ने गरिएको छ।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वासले बाजुरा वरपरका जिल्लाबाट ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन्।
badimalika, nepal, farwest, nature

तस्बिर स्रोत,.

तस्बिरको क्याप्शन,बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने गर्छन्।
badimalika, nepal, farwest, nature
तस्बिरको क्याप्शन,बडिमालिका पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै ओरालो झर्न भने निकै रमाइलो हुनेगर्छ।

प्रतिक्रिया

सम्बन्धित खवर