बाजुरा /नेकपा एमालेमा प्रबेश गरेका भनिएका माओवादी केन्द्रमै बडीमालिका नगरकमिटी उपाध्यक्ष गिरि चदारा र नगर कमिटी सदस्य धनबहादुर साउद माओवादी केन्द्रमै फर्किएका छन् ।
बडीमालिका नगरपालिका वडा नम्मर ५ का धनबहादुर साउद र गिरी चदारा आफ्नै मुल घर माओवादी केन्द्रमै फर्किनु भएको हो ।
आफुहरुलाइ एमालेले भ्रम फैलाएर कार्यक्रम हेर्दैमा र माला लगाउदैमा केही हुदैन भनेरे जवरजस्ती कार्यक्रम मा बसाएको र पछि फोटो खिचेर एमाले प्रवेश गरेको भन्दै सामाजिक संजालमा अफवाह फैलाएको बताएका छन्। उहाँहरुलाइ माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य मान बहादुर बिक ,नगर कमिटी अध्यक्ष रमेश चदारा ,सह-सयोजक चन्द्र थापा, सचिव प्रेम विक ,क्रान्तिकारी जिल्ला अध्यक्ष खेमराज साउद लगाएतले स्वागत गरेका छन्।





