
बाजुरा खबर ।।
अध्याय -२
दुरदृष्टि
बाउले नपढेर दु:ख पाए , मैंले पढेर दु:ख पाएँ
👉दुरदृष्टि 🫵
✍️विरानो सहर छिरेपछि अनुभव बटुल्दै छु। आमाको आाँखाको नानि थिए , बुवाको को खाटमा सिरानि थिए , बाल्यकालमा ढलेको लोटा उठाउने सम्म मौका मिलेन , खुट्टामा चोटलाग्दा बजै दौडेर उठाउने गर्थिन, बाजेको हातको लौरी थिए तर आज एक्लोपनको महसुस हुदैछ ।
थाहाछैन अघिल्लो पल के छ भविष्य कसैले देखेको छैन,वितेको पल खुसि खुसि काटियो आज सडकमा कोहि नजर आउदैन, पटपटि पोल्ने धुपमा भड्किनु पर्ने, भोक र प्यास लाग्दा खोजि छाम्नु पर्ने, कस्तो सहर हो यो ? सपना पुरा गर्न जिन्दगि लुटाउनु पर्ने कस्तो रहर यो बुझ्ने सकिएन ।
घरको जिम्मेवारी पुरा गर्न र साथमा आफ्नो परिवार त्यागेर आएकि धर्मपत्नी र बच्चाको भविष्य को लागि कति पसिना बेच्नु पर्छ अझ सम्म एकिन गर्न सकिराको छैन, अझै भन्नु पर्दा बुबाले बाल्यकाल देखि आँला समातेर स्कुल पठाएको गुण र आमाले झोलामा राखिदिएको नास्ता (अर्नि) र बजैले खानामा मिसाएको दुध भातको रिण त जिन्दगी सकिँदा पनि चुक्ता गर्न सक्ने छैन , वास जिन्दगी छदाँ सम्म बाउको खुट्टामा चप्पल बदल्नु छ ,फाटेको आमाको धोति बदल्नु छ , बज्जैको चोलि बदल्नु छ , बाजेको टोपि बदल्नु छ ।
यहि सोच्दा-सोच्दै आजकल जिन्दगी धकेलिराको छु ।
अन्जान सहर अनगिन्ती रहर , भविष्य को चिन्ता , अधुरा सपना ,ढुलमुल जिन्दगी विचित्र को छ सहर चित्र नै छैन , जहाँ गएपनि ठक्कर नै लाग्छ । कस्तो जिन्दगी बिताइरहेको छु आफै अन्योल मा छु , न त चाहाना अनुसारको जिन्दगी बनाउन सकिराको छु न त भविष्यको गर्भमा कथन हुने सपना साकार सोच्न सकेको छु कति टाढा रहेछ यो दुरदृष्टि न आँखाको नजर आउने ठाउँमा बस्न सकेको छु …… बाकि अर्को अध्यायमा -3
✍️लेखक
गोरख विष्ट
(हाल-भारत)
अन्तर्राष्ट्रिय नेपाली रक्तदान समाज
भारत पूर्व अध्यक्ष