युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

पौषको १५ गतेबाट फिल्म चि मुसी चि र डिसेम्बर फल्स रिलिज हुँदैछ । यो दुबै फिल्मलाई फिल्म क्षेत्रमा आशा गरिएको छ । एकातिर प्रियंका कार्की, बेनिशा हमाल, ऋचा शर्मा जस्ता कलाकार छन् भने अर्कोतिर डिसेम्बर फल्समा आर्यन सिग्देल र उपासना सिंह ठकुरी जस्ता कलाकार छन् । भिडन्तको यो सिलसिला निरन्तर जारी छ ।

पौषको २९ गते तिम्रो मेरो साथ र गुञ्जन जस्ता फिल्म एकसाथ रिलिज हुँदैछन् । यस्तै भिडन्त माघको २० गते पनि हुने देखिएको छ । निर्वाचनका कारण करिब कार्तिक १८ गतेपछि नयाँ फिल्म रिलिज भएका छैनन् । फागुणमा त फिल्म भिडन्तको लामो लाइन नै छ । फागुणको ५ गते फूलबारी, परदेशी २ र लण्डन टू पेरिस रिलिज हुँदैछ ।

फागुणको १९ गते छक्का पन्जा ४, छड्के २, बर एन्ड बधु, बुलाकी र परस्त्री रिलिज हुँदैछ । यसरी हेर्दा नेपाली फिल्म चुनावपछि आफू आफू नै लडाई गर्ने मोडमा देखिएका छन् ।

बैशाख १ गते भागवत गीता, नाई नभन्नु ल ६ आउने पक्का भैसकेको छ । चुनावको समयमा मौन बसेका मेकर त्यसपछि भने विश्वकपमा लागि केही शान्त देखिएका छन् । विश्वकप सकिएपछि भने नेपाली मेकरलाई एक अर्कासँग फिल्म जुधाउने मुड देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर