बाजुरा खबर साउन २७
बाजुरा / जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्ला बासिलाई सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रवार एक सूचना जारी गर्दै आज साउन २७ देखी साउन २९ गते सम्म मनसुन सक्रिय रहने भएकाले मनसुनबाट हुने जोखीमबाट सतर्कता अपनाउन आग्रह गरेको हो ।
साना तथा ठुला नदिहरुको बहाफ बढ्न सक्ने, दैनिक जनजीवन सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने, केही ठाँउमा भारी वर्षा हुने,भएकोले जिल्ला बासिलाई सतर्कता अपनाउन अनुरोध गर्दछौँ असतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।
बाजुरामा दिन प्रतिदिन पहिरोका कारण धेरै ठाँउमा क्षती भइरहेका घटनाहरु सार्वजनिक भइरहेका छन् । यहिँ कुरालाई मध्यनजर गर्दै जोखिममा रहेका क्षत्रका नागरिकलाई जोखिमबाट बचाउनका लागी पुर्व जानकारी गराएको हो ।
सुचना यस्तो रहेकाे छ ।







