बाजुरा खबर
बाजुरा / बडीमालिका नगरपालिका वडा नं ९ ले आज एक कार्यक्रमका बिच १६ वटा टोल विकास संस्था लाई स्टशनरी सामाग्री र सरसफाई सामग्री वितरण गरेको छ ।। वडाको हलमा सन्जाचलन गरिएको कार्यक्रममा करिब पचास बढीको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष सुर्य किरण बिक को अध्यक्षतामा सन्चालन गरिएको कार्यक्रममा वडा सदस्य हरु,विभिन्न टोलका टोल संयोजक अन्य पदाधिकारी, वडा वाशि समाजसेवी, बुद्धिजीवी, सर्बसाधारण लगायत अन्य पत्रकार हरुको पनि उपस्थिती रहेको थियो ।
वडाले बिभिन्न टोलका अति बिपन्न परिबार हरुलाई छनोट गरि स्टशनरि र सरसफाइ साम्रागि बितरण गरिएको वडा सदस्य गोरख बहादुर बिष्टले बताउनुभएको छ। वडाले केही दिन अगाडि ८ वटा टोलहरुमा सयका स्टेचर बितरण गरेको थियो भने यो पटक वडा वाशिका समग्र बिषयबस्तु,आर्थिक अबस्थालाई मध्यनजर गर्दै स्टेसनरी र सरसफाइका विभिन्न सामाग्री हरु बितरण गरेको हो । यसका साथै भोलि बिहान वडाले सरसफाइ अभियान पनि गर्ने भएको छ ।
जिल्लाको सदरमुकाम समेत रहेको मार्तडी बजार भित्र सरसफाइ गर्ने भएको छ। भोलि सनिवार बिहान ७ बजे सबै वडा भबनमा जम्मा हुने र सरसफाइमा लाग्ने अध्यक्ष बिकले बताउनु भएको छ।





