युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा खबर ,साउन २५/  बडिमालिका नगर पालिका वडा न ६ मा हिजो राति गएको अविरल बर्षा का कारण काल्सि खोला दानी बाडा खानेपानी अबरुद्ध भएको छ । करिब ३ बर्ष अगाडि देखि सन्चालनमा आएको खानेपानी हिजो रातिको पानिले एक्कासि मुहान माथिबाट पहिरो आएर भाषिएको छ । कलक बहादुर दानिको अध्यक्षता सहितको समितिले यो योजना सम्पन्न गरेको थियो ।

दानिबाडामा रहेका करिब एक सय पचास घर परिवार यो खानेपानी बाट लाभान्वित रहेका थिए । बिहान देखि धारामा पानी नआउँदा त्याहाका बाशिन्दा हरु लाई निकै सकस भएको स्थानीय कर्ण बहादुर दानिले बताउनु भएको छ। खानका लागि मात्र नभएर दैनिक जिबनमा निकै आबश्यकता पर्ने पानी नै नहुदा टाढाको बाटो हिडेर त्यहीँ पनि फोहोर पानी खान बाध्य त्याहाका स्थानीएलाई छ। मुहान भन्दा माथिबाट पहिरो आएर मुहान पुर्ण रुपमा भत्किएको छ ।

बाढि र पहिरोको जोखिममा बडिमालिका ६ रहदै आएको छ। बर्खा सुरु हुने बित्तिकै घरहरु भत्किने,चर्किने , बाटाघाटा हरु अबरुद्ध हुने समस्या कोर्धबासि बर्षौ देखि झेल्दै आएका छन । खानेपानीको समस्या खड्का टोल र साउद बाडामा यस अगाडि देखि नै छदै थियो झन त्यसै माथि दानी बाडा पनि थपिएको छ।।।

प्रतिक्रिया

सम्बन्धित खवर