बाजुरा / बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि नेकपा एमाले, राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुमा आवद्ध युवाहरुले बजार र्याली प्रर्दशन गरेका छन् ।
मंगलबार दिउसो बाजुरा र अछाम जिल्लाको सिमानामा रहेको इकडीबाट एमालेमा आवद्ध युवा विद्यार्थीहरुले सयौं मोटरसाइकल एकैपटक सडकमा गुडाएर सदरमुकाम मार्तडीसम्म र्याली प्रर्दशन गरेका छन् ।
चुनाव प्रचारप्रसारलाई लक्षित गरेर गरेको मोटरसाइकल र्यालीको बाम्का बजारमा गरिएको कोण सभालाई नेकपा एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले सम्बोधन गरेका थिए ।

मोटरसाइकल र्याली बाजुरा र अछामको सिमाना इकडीबाट शुरु भएर बाम्का, फालासेन, ताँप्रीसेरा, तिपाडा, रापक हुँदै सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा कोण सभामा परिणत भएर समापन गरिएको थियो ।
बाम्का बजारमा गरिएको कोण सभामा बोल्दै एमालेका प्रतिनिधि सभाका उम्मेदवार कणर्बहादुर थापाले बाजुराको समृद्धि र विकासका लागि एमालेले जित्न आवश्यक रहेको बताएका छन् । उनले बाजुराली जनताको विश्वासलाई हामीले कहिल्यै पनि खेर जान नदिने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

त्यस्तै मोटर साईकल र्यालीको मार्तडीमा गरिएको कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववीयुका केन्द्रिय उपमहासचिव नरेश रोकायाले बाजुरामा एमालेको विजयी यात्रालाई कसैले रोकेर रोक्न नसकिने ठोकुवा गरेका छन् । निर्वाचन आयोगमा दर्ता भए जतिका सवै दलहरु एकातिर लागेपनि एमालेको बहुमत आउने रोकायाले दावी गरेका छन् ।





