युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौँ / हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित ‘एक चिहान’ उपन्यासमा आधारित नाटक यस वर्ष पनि प्रदर्शन हुने भएको छ ।

आउँदो मंसिर ११ गतेदेखि २५ गतेसम्म चल्ने चल्ने उक्त नाटक विशेषगरी प्लस टुका विद्यार्थीकाे लागि आकर्षण बन्ने गरेको छ । विगत केही वर्षयता वर्षेनी उक्त नाटक प्रदर्शन हुँदै आएको छ ।

नाटकको आयोजक राष्ट्रिय नाच घरले दर्शकहरुको माग र प्रतिक्रियाका आधारमा आवश्यक परे प्रदर्शन अवधि लम्ब्याउन सक्ने समेत जनाएको छ ।

नाटकमा राष्ट्रिय कलाकार सहभागी हुने जनाइएको छ । कक्षा १२ को अनिवार्य नेपालीको पाठ्यक्रममा राखिएको छ । वर्षेनी हजारौं विद्यार्थीले यस नाटकलाई प्रत्यक्ष रूपमा हेर्दै आएका छन् । विद्यार्थीहरुले उक्त नाटकबाट पाठयज्ञान मात्र नभएर मनोरञ्जन समेत हासिल गर्ने गरेका छन् ।

अघिल्लो सालको सोही नाटक हेरेका वृहस्पति विद्या सदनका विद्यार्थी ‘सुनेर, लेखेर, पढेरभन्दा हेरेर बढी सिक्न सकिन्छ भन्ने उक्ति यो नाटकको सन्दर्भमा सार्थक देखिएको’ प्रतिक्रिया दिएका थिए । यसपालि पनि सो यो विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा उक्त नाटक अवलोकनको व्यवस्था मिलाउने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर