दार्चुला / नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा दार्चुला प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।
जिल्लाको मालिकार्जुन गाउँपालिका ३ बस्ने श्याम सिंह धामीलगायतका ७ जनाबाट १४ लाख ९५ हजार रुपैयाँ ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेय बताए ।
प्रतिवादी नरेन्द्र सिंह महरले म नेपाली सेनाको जागिरे वाला हु, म देवीदल गण अत्तरियामा कार्यरत छु, तिमिहरुलाई सेनामा भर्ना गरि दिन्छु भर्ना गरे बापत नगद रुपैयाँ दिनुपर्ने हुन्छ भन्दै ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ।
प्रहरी नायव उपरीक्षक पाण्डेयका अनुसार पीडित ७ जनालाई सिधै भर्ना गरेर तालिममा समावेश गराउँने आश्वासन देखाइएको थियो । पक्राउ परेकाहरुको खाता नम्बर र ई सेवामा रकम आएको बताइएको छ ।
उनीहरुलाई ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





