टेक बहादुर बुढा
बाजुरा खबर -/प्राकृतिक दृष्टिले भरिपूणर् धार्मिक तथा पर्यटकिय हिसाबले प्रचुल सम्भावना बोकेको क्षेत्र हो प्रेम अर्थात छेडेदह ताल । छेडेदह ताल बाजुराको दक्षिणी भूभागमा अवस्थित खप्तड छेडेदह गाउँपालिका साविकको गुदुखाती र आटीचौर गाविस अहिलेको ४ र ७ वडामा पर्दछ । छेडेदह ताल प्रेम आकारको भएकाले यसलाई प्रेम ताल भनेर समेत चिन्ने गरिन्छ । समुन्द्री सतहको करिब १८ सय देखि २३ सय मिटरको उचाईमा रहेको प्रेम ताल भौगोलिक हिसाबले निकै दुर्गम क्षेत्र मानिन्छ । प्राकृतिक सुन्दरता र पर्यटकिय महत्व बोकेको छेडेदह तालमा ज्युलेखीमष्टा मन्दिरका धामी मुख्य पर्वको बेला स्नान गरि पूजा आराधना गर्ने गरेको पुर्खाहरुको किब्ब दन्ति भनाई रहेको छ ।
करिब ३०—५० मिटर गहिरो र ५ सय देखि १ हजार मिटर प्रेम आकारमा फैलिएको छेडेदह ताल निकै सौन्दर्य एवम् रमणिय वातारणमा अवस्थित छ । वरिपरि घना जंगल, हरियाली डाँडापाखा बिचमा प्रेम आकारका रुपमा रहेको छेडेदह तालको बिचमा खापर देवताको मन्दिरले शौभाग्यमान र सुन्दर देखिन्छ छेडेदह ताल । छेडेदह तालको वरिपरि एक फन्को मार्न हो भने करिब १५-२० मिनेटको पैदल यात्रा गरेर प्रेम तालमा रमाउन सकिन्छ । प्राकृतिक एवम् धार्मीक हिसाबले भरिपूणर् यो तालमा आएर याँहाको मनोरम दृश्यसंगै रमाउन पाइनुका साथै जलयात्रा समेत गर्न सकिन्छ । छेडेदह तालको प्रचारप्रसार हुन नसक्दा बाहृय पर्यटकको आगमन नभए पनि जिल्लाभरिका आन्तरिक पर्यटकहरु भने ताल हेर्नकै लागि प्रेम ताल पुग्ने गर्दछन । निलो आकाश जस्तै देखिने छेडेदह तालको आर्कषणले मनै लोभ्याउने गर्दछ ।
तर तालको वरिपरिको फोहो व्यवस्थापन नहँदा भने मन खिन्न हुन्छ । छेडेदह ताल बाजुरा सदरमुकाम मार्तडी थामलेख सडक खण्डको छेउमै तथा रारा खप्तड पैदल यात्रासंगै जोडिएकाले पनि यसको महिमा बढी छ । तर छेडेदह तालको संरक्षण एंव सम्बद्र्धन नहँदा एकातिर कतै तालको पानी सुक्छकि भन्ने चिन्ता छ भने अर्कातिर खातीगाउँको पट्पानीमा गएको पहिरोले ताल खोलिने हाकी भन्ने त्रास भएको छ । विःस २०७६ सालमा छेडेदह तालको संरक्षण एवम् प्रचारप्रसारका लागि प्रथम छेडेदह पर्यटन महोत्सव भएपनि अहिलेसम्म कुनै पहल नहँदा ताल नै संकटमा पर्न लागेकोमा स्थानियबासीे निकै चिन्तित छन । आन्तरिक पर्यटकको प्रमुख गन्तव्य तथा आकर्षकका रुपमा रहेको छेडेदह ताल जिल्लाकै ठुलो ताल मानिन्छ । तालको वरिपरि वृक्षरोपण नगर्दा, व्यवस्थित रुपमा घेरवार नहँदा र तालमा लागेको पहिरो रोकथाम नगर्ने हो भने भावी पुस्तामा यसको शेष मात्र रहने कतिपयको बिश्लेषण छ । भावी पिडी सम्म ताललाई बचाई राख्न, देशभर तालको प्रचारप्रसार गरेर धार्मिक एवम् पर्यटकिय रुपमा विकास गर्न सकेमा तालको मात्र नभई बाजुरा जिल्लाकै परिचय स्थापित हुने देखिन्छ । बाजुरा जिल्ला भरका अनुपम धार्मिक एवम् पर्यटकिय स्थल मध्येको एक पर्यटकिय हिसाबले अथाह सम्भावना बोकेको छेडेदह ताल संरक्षणको अभावमा ओझेलमा परेकाले अहिलेका युवा पिडि तथा सरोकारवालाहरुमा बुद्धि पलाउन जरुरी छ । छेडेदह तालको पहिचान बढाउन केन्द्र देखि स्थानिय सरकारले प्रतिबद्धका साथ तालको संरक्षण गरी याँहा आउने पर्यटकहरुलाई आकर्षक गर्न तालको वरिपरि वृक्षरोपण गरि र्यालफिटङ तथा डुङ्गाको समेत व्यवस्था हुन जरुरी छ ।
छेडेदह ताल जिल्लाको पर्यटकिय दृष्टिका साथै यस क्षेत्रको आर्थिक विकासको समेत प्रचुल सम्भावना बोकेको क्षेत्र हो । घुम्न आउने पर्यटकहरुका लागि भएपनि आकर्षण बढाउन खप्तड छेडेदह गाउँपालिकाले तत्काल पहिरो रोकथाम गरि ताल वरिपरि वृक्षरोपण तथा डुङ्गाको व्यवस्थन गर्ज जरुरी देखिन्छ । तालको संरक्षण सम्बद्र्धन गरि देशभर प्रचारप्रसार गर्न सके यस क्षेत्रको विकास र पहिचानले माथि उठ्ने देखिन्छ । तसर्थ छेडेदह तालको संरक्षण सम्बद्र्धन र विकास गरि यसको व्यापक रुपमा प्रचारप्रसार गर्न सम्पूणर् निकायका व्यक्तिहरु एकजुटका साथ लाग्ने हो भने याँहा आउने पर्यटकहरुको मनमा प्रेम तालको छाप बसाउन सकिन्छ ।





