युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुराको मार्तडीमा भीषण आगलागी | फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं : गृहमन्त्री अर्याल | सशस्त्रका २३ डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित) | बाजुरा अस्पतालमा विशेषज्ञ चिकित्सक र उपकरणको व्यवस्था गर्न स्वास्थ्यमन्त्रीलाई थापाको माग | रास्वपा र विवेकशीलबीच आज एकता घोषणा हुँदै | कैलालीबाट बाजुराका एक किशोर छ दिन देखि बेपत्ता | लुम्बिनीले सुदूरपश्चिमलाई दियाे १ सय ४४ रनकाे लक्ष्य | नयाँ बसपार्कमा फेला परेको महिलाको हत्या पुष्टि, एकजना पक्राउ | रामजानकी विवाह महोत्सव : महोत्तरीको मटिहानीमा ‘मटकोर’को तयारी | चुनावका लागि सरकारको तयारी तीव्र : कांग्रेसको निर्णयपछि एमाले पनि दबाबमा |

काठमाडौं / मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको बैंकर्स संघको उपाध्यक्ष सुनिल केसीले बताए ।

‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्नर् सकिन्छ । अहिले यथावत राख्ने कुरा भएको छ ।’ यसबाहेक कुनै औपचारिक सहमति पनि नगरिएको उनले बताए ।

भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

राष्ट्र बैंकले रेमिट्यान्स निक्षेपमा साधारण निक्षेपभन्दा मुद्दती तथा बचतमा थप १ प्रतिशत बिन्दुले थप ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । कतिपय बैंकले भने रेमिट्यान्स मुद्दतीमा १५.१३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन् ।

असोजमा पनि बैंकहरुले व्यक्तिगत मुद्दतीमा १२.१३३ प्रतिशतको आधारमा बचतमा राष्ट्र बैंकको निर्देशनअनुसार व्यक्तिगत मुद्दतीको अधिकतम ५ प्रतिशत बिन्दुभन्दा बढी नहुने गरी ब्याजदर प्रकाशित गर्ने सहमति भएको उनले बताए ।

बैंकहरुसँग अहिले पनि तरलता सहज अवस्थामा नपुगेकोले ब्याजदर घटाउनेतर्फ बैंकहरुले छलफल नै नगरेको अर्का एक बैंकरले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर