बाजुरा खबर, साउन १२- बाजुरा /यथार्थ चित्रण,बाउले नपढेर दुख पाए मैले पढेर दुख पाएँ । जब बाल्यकाल थियो सानो सानो कुरा खुसि सिमा थिएन , जब उमेर बढ्दै गयो जिम्बेवारी ले च्याप्यो , खै कहाँ बाट शुरु गरुंँ जिन्दगि कथा ,
बुबाले ढुङगा कुटेर स्कुल पढाउनु भयो विस्तारै उमेर ढल्किँदै गयो जिम्मेवारी बोध भयो गाउँमा आफ्नो भविष्य नदेखेपछि केहि गर्छु भनि सहर छिरेको म यहाँ को रंगिन दुनिया देख्दा मेरो औकात र हैसिएत ले नभ्याउने ठाउ पुर्यायो , बुबाको पटपटी फुटेको खुट्टाको कुरुच्चा र बनपाखा जाँदा जाँदै फाटेको त्यो धोति सम्झिएर पटपटि मन पोल्यो विगतमा विताएका दिन हरु याद आए , आमा बुबा लाइ सताए दिन याद आए , छिमेकि लाइ गालि गरेका दिन याद आए , यो सहर भन्दा निकै महत्वपूर्ण गाउँले जिवन रहिछ ,निकै मुल्यवान रहेछ ,निकै सौन्दर्य रहेछ ,निकै महंगो रहेछ यहाँ सिर्फ नक्कली र देखावटी मात्रै रहेछ ,मन मनै खिन्नता जाग्यो , नत कसैल चिन्छ न कसैले सोध्छ ,सोध्ने रहेछ त सिर्फ गाडिको खलासिले मात्रै, कता जाने हो आउनुस बस्नुहोस् । अन्य बाकि सबै स्वार्थ रहेछन।
निकै गर्मि बडेको थियो ,रोडमा हिड्दा हिड्दै निकै थाकेको थिएँ, सडकको छेउमामा हातखुट्टा नभएका हरु छटपटाइरहरका थिए हात थापि रहेका थिए तर आफ्नो खल्ति रित्तो थियो ,आफुलाइ पानी किन्न सम्म पैसा थिए निकै प्यास लागिरहेको थियो ,तर खल्ति मा सिर्फ ५ रुपैंया पर्स कुनामा राखेको पैसा हत्तपत्त निकाले, एक मनले दुखिलाइ दिन मन लाग्यो एक मन ले प्यास बुझाउन निकै दोधारमा थिए तर पनि अरुको पिडा सहन गर्न नसकि उसैलाइ दिएँ । उनले आशिर्वाद दियो भने सधैं शुखि रहनु मन प्रसन्न भयो कसरी सुखि हुनु साला यो विरानो सहरमा पानि सोध्ने कोहि छैन मन मनै पिडा भयो ,अलि पर पुगेसि एक जना विध्यार्थी भाइ भेटाएं , झट्ट हेर्दा गाउँबाट सहर नयाँ जस्तो लाग्यो अनि सोधे ,कता हो घर भाइ ,उनले जवाफ दियो म सुदूरपश्चिमको को हु यहाँ पढ्न लाइ आएको हुँ अनि तपाईँ नि ,म केहि बोल्न सकेन उसले मेरो मनको पिडा बुझेछ किन नबोल्नु भएको केहो भन्नुस तपाइलाई, यतिकैमा टपक्क आँसु झर्छ, भाइले भन्यो हिड्नुस मैले एउटा नजिकै कोठा लिएको छु सक्नुहुन्छ भने कोठामा गएर बसौं ,त्यहि कुरा गरौंला हुन् र , म बोल्न सकिनँ, विस्तारै मुण्टो हल्लाएर हुन्छ भने , बाटो हिड्दा हिड्दै भाइले ले तरकारी किन्न लाग्यो मलाइ सोध्धै भन्यो दाइ कुन तरकारी मन पर्छ भनेर ,साला भोको पेटले के माग्थ्यो र जे भएपनि चल्छ भाइ भने तरकारी पनि कति मंहगो गाँउमा बारिमा डिल र भिटामा फिरिमा उम्रेको फाँपर ,सहरमा ३० रुपैंया पाउ भन्दै थियो तर पनि किन्नै पर्ने, मनमनै सोचेँ कति विचित्रको सहर कुनै चित्र नै छैन । तर केहि बोलेन, नभन्दै एक पछि कोठा पुगिन्छ। कोठामा यत्रतत्र छरिएका किताब र कपडा देख्दा विद्यार्थी जिवनको याद आयो, अनि सोधे भाइ तिमि एक्लै बस्छौकि अरु कोहि छन ,उसले हासेंर जवाफ दियो म एक्लै हो किन सोध्नु भयो भनेर जबाफ दियो ,नाई खालि सोधेको मात्रै हो , त्यो दिन कोठामै वित्यो ।
पछिल्लो दिन एका बिहनै पत्रिका आयो पुरै पत्रिका अध्ययन गरें पछाडिको पेजमा जवको विज्ञापन दिइएको थियो तलपट्टी साइटमा नम्बर छोडेको थियो, नभन्दै आफ्नो खल्तिमा भएको किप्याड मोबाइल निकालि कल गरेँ। एउटा केटि बोल्दै थिइन यदि जब चाहिएमा हाम्रो अफिसमा इन्टरभ्यु दिन आउनु पर्छ रे , हत्तपत्त सर्टिफिकेट भएको झोला काथमा हालेर बाहिर पट्टी निस्किए तर खल्तिमा सुक्को कौडि थिएन । तर पनि हिम्मत हारेन लोकेसन सोध्दै पैदल ३ किलोमिटर हिनेर अफिस पुगियो, अगाडि बसेकि लेडिजले सोध्नु भयो जबको लागि कल गर्नुभएको तपाइनै हो भनेर सोधिन ,उम हजुर म नै हो । एक छिन है भन्दै बोस कहाँ जानकारी पुगाउन गइन । करिब २ घण्टा पर्खिरहँदा पनि कुनै बोसको प्रतिक्रिया नआए पछि त्यहाँ बाट बाहिरीए , मनमनै कुरा खेल्न थालेँ। एकमनले सोचेँ जब खोज्न लाइ गाँउ बाट सहर पसेको म शरिर मा एक भेष्ट, झुत्रो पाइन्ट र खुट्टामा चप्पल थिए ,साहेद मेरो हुलिया (personality) देखेर भेट्न नचाहेको हुनपर्छ मनमनै खिन्नता जाग्यो , यो पापि र पैसा वाला को सहरमा मेरो औकातले भ्याएन सोच्दै पुनः भाइको कोठा तिर लागेँ एकातिर जानको टेनसन अर्को तिर पढाइको टेनसन र घरको जिम्मेवारी सबै चुनौती पुर्ण थिए ……..comming soon बाकि अर्को अध्यायमा पार्ट -2





