साहित्यकार तथा युवा व्यवसायी सन्तोष बोहरालाई चेक दिई ठगी गरेको भन्दै सन्जय कपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेल घर भएका कपालीलाई ठगी गरेको ठहरसहित ललितपुर जिल्ला अदालतबाट खटेको प्रहरीले आज उनकै निवासबाट पक्राउ गरेको हो ।
बोहरासँग २९,४५०००/- रुपैँया सापटी लिई केहि समयमा दिने भनि सो रकम लिएको र पटक पटक ताकेता गर्दा २०७८ भाद्र ३० गतेको नेपाल इन्भेष्टमेन्ट बैंक लि. सिपाडोल शाखाको चेक दिइएको र सो सटही गर्न जाँदा खातामा पर्याप्त मौज्दात नभई सो चेक अनादर भएको थियो, सो चेक अनादर भए पछि कानुनी उपचारका लागि बोहराले विभिन्न प्रक्रिया पुरा गरी उच्च अदालत पाटनमा बैकिङ्ग कसुर अन्तर्गत मुद्धा दर्ता गराएको र २०७९ भाद्र २६ गते अदालतको पुर्ण पाठ आई आज विहान प्रहरीले उनलाई पक्राउ गरेको हो ।
अदालतले बैकिङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) बमोजिम विगो बरावरको रु. उनान्तीस लाख पैतालिस हजार जाहेरीवालालाई दिलाउन साथै सोही ऐनको १५(१) बमोजिम सजाय गरेकोले सोहि रकम बरावरको विगो र सोहि रकमको ४ प्रतिशत अपराध पीडित संरक्षण ऐनको दफा (४१) को उपदफा (३) बमोजिम क्षतिपुर्ति शुल्क बुझाउन पनि अदालतको आदेशमा उल्लेख गरिएको छ ।
आज यस्तो घटना दिनानुदिन बढ्दै गैरहेको छ, यसले गर्दा चेकको विश्वासनीयता जनमानसमा घट्दै गइरहेको छ । यसको विश्वासनीयता वढाउन राष्ट्र बैंकको ध्यान जानु जरुरी छ । साथै पीडितले नगदै बा उचित जिन्सि क्षतिपुर्ति पाउने वातावरण बनाउनु पनि राज्यको दायित्व हो ।





