युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा– मार्तडी काेल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका ९ बाउली खोलामा  पुल नहुदा बर्सातका कारण  खोलाले बगाएको छ । ट्याक्टर सहित ड्राइभर समेत बेपत्ता भएको प्रारम्भीक जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउदै गरेको से २ त ३२२५ नम्मरको ट्याक्टर करिव २० मिटर तल ढुगांमा अड्कीएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।
सो ट्याक्टर डोटि जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल ब्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता रहेका ड्राइभर चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक कबिन्द्रसिहं बोहराले बताएका छन

प्रतिक्रिया

सम्बन्धित खवर