युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / बाजुरा – असार पहिलो साता देखि आएको अविरल वर्षाले बाजुरा जिल्लामा रहेका ग्रामीण सडकहरू अबरुद्ध भएका छन् ।

जिल्लाको त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका, सदरमुकाम मार्तडी कोल्टी जेड्ने सडक रजातोली, र माथिल्लो भेगमा रहेका ४ वटा पालिका जोड्ने सबै ग्रामीण सडकहरू बर्षायम लागेसंगै अबरुद्ध भएका छन् । पहिरोका कारण सडक अवरुद्ध भएपछि दैनिक आवतजावत गर्ने स्थानीयलाइ कष्ठ बनेकाे छ ।

अविरल वर्षाका कारण साँफे–मार्तडी सडक खण्ड, मार्तडी–कोल्टी सडक, डाब–खप्तड सडक, बल्दे हुँदै आटिचौर जाने सडक बन्द भउको छ । यसैगरी डोगडीदेखि बझाङ जोड्ने सडक, ताँप्रिसेरादेखि साविकको ब्रमतोला जोड्ने सडक र फालासेनदेखि बूढीगंगा नगरपालिका हुँदै आटिचौर गुदुखाती हुँदै खप्तड छेडेदह गाउँपालिका जोड्ने सडक, त्रिवेणी नगरपालिकाका विभिन्न सडक अवरुद्ध भएका छन् ।

ग्रामीण सडकमा कुनै पनि स्थानीय तहले मर्मतका लागि चासो नदिँदा वर्षा याममा सुरुसँगै पूर्णरूपमा यातायात बन्दै भइसकेका छन । बडिमालिका नगरपालिकाले साँफे–मार्तडी सडक आँशिक रूपमा मर्मत कार्य गरीएता पनि केही छिनमै पहिराे जाने सम्भावनाले  यातायात सञ्चालन हुन सकेका छैैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर