युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / धार्मिक पर्यटकीय सम्पदाले भरिपूर्ण बाजुराका मुख्य–मुख्य गन्तव्यबारे हामी यहाँ तपाईंहरुलाई जानकारी दिदैछौंः

आहा ! बडिमालिका

भू–स्वर्गको उपमा पाएको बडिमालिका जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ६ मा पर्छ । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ।

आँखाले हेरी नभ्याउने विशाल हरिया चौर । चौरभरि फुलेका रंगिचंगी फूलहरु । बेलाबेला छर्लङ्ग देखिने र क्षणभरमै सुटुक्क कुहिरोको घुम्टोमा लुकी हाल्ने सुन्दर पहाडहरु । प्रकृतिको मिठो संगित सुसेल्ने झरना र खोला । चौतर्फी फैलिएको हिमाच्छादित भूगोलकाबीच मन्दीर । छिनछिनमा हुने वर्षा । आकाश छोडेर जमिनमा लुटपुटिन आतुर बादलका थुम्काहरु, बडीमालिका पुग्ने जोकोहीको मन हार्न काफी छन् ।

नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक बडिमालिकाका दृश्यहरू बाजुरा जिल्लाका गहना हुन् ।

बाजुराकाे बडिमालिका।बाजुराकाे गहना बडिमालिका । 

यहाँका सौन्दर्यका रुपमा विशाल फाँटहरू रहेका छन्। समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ, बडिमालिका।

सदरमुकाम मार्तडी बजारबाट पैदल हिँडेर जाँदा २-३ दिनमा बडिमालिका पुग्न सकिन्छ। हरेक वर्ष जनैपूर्णिमाको दिन बडीमालिकामा बिशेष पुजा लाग्ने गर्छ ।

बुढीनन्दा

जिल्लाकाे बढीनन्दा नगरपालिकामा पर्ने बुढीनन्दा ताल क्षेत्र बर्खामास (खास गरी भदौ असोज) मा अरु बेला भन्दा बढी नै मनमोहक देखिन्छ । चञ्चल बादल, मनोहर फूल र हरियाली त्रिवेणीजस्तो लाग्ने यो अद्धितिय भूगोल विश्वस्तरीय पर्यटकको गन्तव्य बन्ने हैसियत राख्दछ ।

बुढीनन्दा ताल 

समुन्द्री सतहबाट ४ हजार ५८१ मिटरको उचाईमा रहेको बुढीनन्दा ताल क्षेत्र पर्यटकीय हिसाबले महत्त्वपूर्ण त छ नै बाजुरा, जिल्लाका स्थानीयको धार्मिक आस्थाको केन्द्रको रुपमा पनि रहेको छ ।

यहाँका स्थानीयहरु हरेक वर्ष जनैपूर्णिमाको दिन खाली खुट्टा हिँडेर बुढीनन्दाको दर्शन गर्न जाने गर्दछन् । यस क्षेत्रका बासिन्दामा बुढीनन्दा माईको पूजा तथा आराधनाले चिताएको कुरा पूरा हुने र बुढीनन्दा तालमा स्नान गर्दा सबै पाप पखालिने जनविश्वास छ ।

पादुका त्रिवेणी धाम

जिल्लाको बुढीनन्दा नगरपालिकाको कर्णाली नदी र बड्डीगाडको बीचमा पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको पादुका त्रिवेणी धाम धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा रहेकाे छ ।

पादुका धाम क्षेत्र प्राकृतिक रूपमा मात्र सुन्दर नभएर धार्मिक आस्थाको धरोहर  हिन्दु धर्मको प्राचीन सभ्यतासँग पादुका धाम जोडिएको स्थानीयकाे भनाइ छ।

पादुका त्रिवेणी धाम 

हिमालकी पुत्री पार्वती र भगवान शिवको वासस्थान मानसरोवर कैलाशको भौगोलिक सीमा रेखासँग यो क्षेत्र जोडिएको छ । यो क्षेत्रमा शिव पार्वतीको क्रीडास्थल, भगवान विष्णु वास बसेको स्थान र पाँच पाण्डवले तपस्या गरेको स्थानका रूपमा रहेको स्थानीयको भनाइ छ ।

त्रिवेणी धाममा श्री कृष्णजन्म अष्टमी, मकर सक्रान्ति, शिवरात्रि र तीजको बेला मेला लाग्ने गर्छ। तर अहिले यस क्षेत्रमा स्थानीय तहले संरक्षणकाे लागी केही पहल नगरेकाे स्थानीयकाे गुनासाे रहेकाे छ ।

छेडेदह ताल

जिल्लकाे खप्तड छेडेदह गाउँपालिकामा प्रर्ने छेडेदह ताल पनि धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपामा लीने गरिन्छ । याे तालकाे वरपर चारैतिर डाडाँ र बिचमा लभ जस्ताे आकारमा रहेकाे छ ।

खास मा याे ताल बर्षायममा अझै सुन्दर देखीने गर्दछ । यतिबेला खाती गाउँको पानीपट्नाबाट सुरु भएको पहिरो तालको नजिक पुगे पछी पहिराेमा पर्ने सम्भावना देखीएकाे छ  । ताल संरक्षणका लागि स्थानीय सरकारले केही चासाे नदेखाएकाे स्थानीयले बताएका छन् ।

छेडेदह ताल 

पर्यटकलाई मोहनी लगाउने छेडेदह तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताको अस्तित्व खतरामा पर्दै गएका छन् ।

“विरेखोला झरना”

जिल्लाको बडीमालिका नगरपालिका ६ मा रहेको विरेखाेला झरना आन्तरीक पर्यटकहरुकाे एक आकर्षक बिन्दुका रुपमा रहेकाे छ । जिल्ला सदरमुकाम मार्तडीबाट झण्डै ६ किलोमिटर दक्षिर्णमा पर्छ । विरेखोला झरना देख्दा जोकोहीलाई पनि स्वार्ग धर्तिमै छ की भन्ने आभास अनुभुती गर्छ ।

करिब १ सय ५०  मिटर अग्लो यो झरना बाजुरासहित अन्य जिल्लाका प्रकृतिक प्रेमीहरुका लागि आकर्षणको केन्द्र निन्दु वनेकाे छ ।

जिल्ला भित्रकै मात्र नभएर अहिले यो झरनामा रमाउनका लागि अन्य जिल्लाका मानिसहरु आउने गरेका छन् । बर्षायम सुरु भएसंगै झरनामा रमाउन तथा अवलोकनका लागि आउने अन्तरिक पर्यटकको संख्या दिनहु बढ्दाे क्रममा रहेकाे छ।

विरेखाेला झरना 

झरना सुन्दर दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीलाई पनि प्रसन्न तुल्याउने बडीमालिका नगरपालिका–६ का स्थानीय उद्दव साउँदले बताए । झरनासम्म अवलोकन तथा रमाउन जाने त छदैन् तर गाडीमा आवत जावत गर्ने जो कोहीले पनि जान नछुटाएर , फोटो खिच्नका लागि भएपनि त्यहाँ पुग्ने गर्छन उनले भने।

सामान्यतः जिल्लाभित्रका अधिकांस मानिस झरनामा फोटो खिच्नका लागि भएपनि पुग्ने गर्दछन् । करिब चार वर्षयता यो झरनाले समाजिक सञ्जाल लगायतमा चर्चा छ । एकनासले छल्कँदै बग्ने झरनामा इद्रेणी पर्ने गर्दछ । पर्यटकहरु छल्कीएको पानीमा नुहाएर रमाउने, कोही टिकटक बनाउने त कोही फोटो खिच्ने बढी हुन्छन् ।

गत वर्षयता झरनासम्म बडीमालिका नगरपालिकाले झरनासम्म पुग्ने फराकिलो बाटो  झरनामा प्रवेश गर्ने गटे र झरनाको तल काठको पुल र रेलिङड, बस्नकाे लागी टिनकाे छाप्रा निर्माण गरेको छ । यसले पर्यकहरुकाे मन झनै लाेभ्याउने गरेकाे छ ।

साउँदले भने माथि डाँडाबाट आएको चिसो पानीमा नुहाउँदा आनन्दको महसुस हुने बताए । गर्मी छल्न र मन बहलाउनका लागि उक्त झरना पर्यटकीय गन्तव्य बन्न सक्ने र यसले आन्तरिक पर्यटक मात्र होइन, विदेशी पर्यटकलाई समेत लोभ्याउन सक्ने उनी बताउँछन् ।

“खप्तड”

सुदूरपश्चिमका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछामको संगम स्थलमा अवस्थित छ, प्रसिद्ध पर्यटकीय स्थल खप्तड। ‘भू–स्वर्ग’को नामले चिनिने यो क्षेत्र अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ।

खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यस वरपर २२ वटा पाटन छन्, जुन अवलोकन गर्दा पर्यटकहरूको मन प्रफुल्ल हुन्छ।

समुद्री सतहबाट २ हजार ७ सयदेखि ३ हजार २ सय २७ मिटरसम्मको उचाइमा २ सय २५ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जमा विश्वमै अति दुर्लभ दलदले घाँसे मैदान छ।

चारैतिर खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, रङ्गिविरङ्गी फूलहरू, दह, त्रिवेणी, नागढुङ्गा, खप्तडबाबाको आश्रम सुन्दर घनघोर जंगल खप्तडको विशेषता हो।

प्रसिद्ध पर्यटकीय स्थल खप्तड।                              खप्तड

यस्ता प्राकृतिक दृष्य नियाल्दै जाँदा कलकल बग्ने दर्जनौं खोला, त्रिवेणी सीतापाइला मन्दिर, त्रिवेणी धाम २२ पाटनको सुन्दरताले यहाँको आकर्षणमा सुगन्ध थप्छ।

बाजुराका धार्मिक तथा पर्यटकीय गन्तव्य हरुले जिल्लामा आन्तरीक तथा वाह्य पर्यटक हरु आउने । याहाकाे स्थानीय हरुले राेजगारीकाे अवसर पाउने, बिदेशी पैसा स्वदेस भित्र्याउने र अरुकाे गुलाम बनेर खानु पर्ने बध्यता नहुने देखीन्छ ।

तर यि बाजुराका गहना हरुमा स्थानीय सरकारकाे, संघ, प्रदेश सरकारले यसकाे संरक्षणकाे लागी त्यती चासाे नदेखाएकाे देखीन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर