युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाइ पहिले प्राथमिकता दिएकाे छ

गाउँपालिका नागरिकहरुलाइ निःशुल्क एम्बुलेन्स सेवा, कडा रोगी बिरामीको उपचारमा सहयोग गर्नेदेखि सबै भन्दा दुर्गम गाउँ गुम्बामा स्वास्थ्य संस्था सन्चालन गर्ने समेतको नीति लिएको छ ।

हिमालीमा सञ्चालनमा रहेको बोट विरुवा रोपे हुर्काए वापत चामल दिने कार्यक्रमले निरन्तरता पाएको छ । आजको लगानी बोट, भोलिको प्रतिफल नोट भन्ने लक्ष्यसहित फलफुलका विरुद्ध रोपेर ५ वर्षभित्र हिमालीका किसानलाई फलफुल र जडिवुटीबाट आत्मनिर्भर बनाइने गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । गाउँसभामा अध्यक्ष मल्लले पालिकाले अघि सारेको नीतिमा टेवा पुग्नेगरि श्रमदान र प्राप्त बजेटको सदुपयोगमा जुट्न सबैमा अपिल गरेका छन् ।

पाठेघर खसेका महिला र अपाङ्गता भएका बालबालिकाको उपचार गाउँपालिकाले गरिदिने व्यवस्था गरिने हिमाली गाउँपालिकाका उपाध्यक्ष राजकला सार्कीको भनाई छ । उनका अनुसार गाउँपालिका स्तरीय प्रसुती गृह स्थापना, थप ४ ओटा बर्थिङ सेन्टर स्थापना गरिने छ ।

हिमाली गाउँपालिकाले एकल पुरुषलाई भक्ता दिने कार्यक्रम ल्याएको छ । त्यस्तै उच्च शिक्षा हासिल गरेर मात्र कानुनी रुपमा उमेर पुगेर विवाह गर्ने छोरीलाई सम्मान सहित पुरस्कार दिने भएको छ ।

स्थानीय उत्पादनको बजारीकरणका लागि कृषी एम्बुलेन्स सञ्चालन गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने, विपदको समयमा गाउँपालिका भित्रका सडकहरु सुचारु गरिने, राजस्व संकलनलाई डिजिटलाइजेसन गरिने, सबै विद्यालयमा ईन्टरनेट जडान गरिने, धुलाचौरलाई नमुना बजारीकरण गरिने, जडिबुटी फलफूल र वन पैदावरबाट उत्पादन हुने वस्तुसँग सम्बन्धित उधोगको सुरुवात गर्ने, कुवाडी धुलाचौर र्याफ्टिङ सेवा सुचारु गर्न अध्ययन गर्ने, धुलाचौर रारा–बुढिनन्दा–रानिशैन पर्यटन रुट प्रवद्र्धन गर्ने, किसानलाई कृषिमा अनुदान दिने, गाउँपालिका स्तरीय औद्योगिक ग्राम र कोल्ड स्टोर स्थापना गर्नेलगायतका योजना र उक्त योजना कार्यान्वयनका लागि आवश्यक बजेट ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताए । सिमित स्रोत भएपनि असिमित मागहरु पुरा गर्ने प्रयत्न गरिएको उनको भनाई छ ।

हिमाली गाउँपालिकाले दुर्गम गाउँबस्तिको विकासमा साझेदारी गर्न प्रदेश र संघ सरकार तथा दातृ निकायहरुलाई आवहन समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर