डडेलधुरा । नेकपा एमाले डडेलधुराले प्रतिनिधि सभा सदस्य चुनावमा स्वतन्त्र उम्मेदवार विक्रमबहादुर शाहीलाई समर्थन गर्ने भएको छ ।
नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लसँग चुनावी तालमेल गर्ने भन्दै एमालेले डडेलधुरामा प्रतिनिधि सभातर्फ उम्मेदवार उठाएको थिएन । तर मल्लले प्रदेश सभामा एमालेलाई समर्थन नगरी आफ्नै उम्मेदवार उठाएपछि तालमेल भाँडिएको थियो ।





