बाजुरा / जिल्लाकाे खप्तड छेडेदह गाउँपालिकामा रहेको बार्जुगाड नदिमा बगेर एक महिलाको मृत्यु भएको छ ।
आइतबार आमा छोरी नदि पार गर्ने क्रममा बच्चा बग्न लाग्दा उनलाई बचाउने क्रममा आमाको नदिमा बगेर मृत्यु भएको प्रहरीले जनाएकोे छ ।
छेडेहद गाउँपालिका ४ ग्वानीकी स्थानियशंकर बोगटीकी श्रिमती अन्दाजी २३ बर्षिया संगिता साउँद बोगटीको मृत्यु भएको इलाका प्रहरी चौकी टाँटेले जनाएकाे छ ।
जिल्लाकाे सदरमुकाम मार्तडीमा दिदिकाे घर बाट आफ्नाे घर फर्किदै गर्दा बार्जुगाड नदिमा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनएकाे छ । बाेगटी बगेको स्थानबाट करिब २० मिटर तल उनी मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।





