युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल ,बाजुरा / जिल्लाको विभिन्न ठाँउमा गाईगोरुहरुमा लम्पी स्किन राेग बड्दाे क्रममा देखिएको छ । गाँउघरतिर कतै गोरुहरु धमाधम बिरामी पर्न थालेका छन् त कतै बिरामी भएका गाईगोरु मृत्यु हुन पुगेका छन् ।

जिल्लाको बडिमालिका नगरपालिका वडा .नं ६ जडाङ्गा ,कोर्ध ,पानीनाउलामा करीब १ सय ५० भन्दा बढी गाईगोरु यस रोगबाट बिरामी भएका छन् । भने वडा न‌ं‍। ६ मा मात्र अहिले सम्म एक दर्जन भन्दा बढी गाईगोरु यो रोग लागेर मृत्यु भइसकेको वडा नं‍। ६ का स्थानीय दल बडुवालले जानकारी दिएका छन् ।

त्यस्तै बाजुराकाे बडीमालिका नगरपालिका भित्रका सबै वडामा याे राेग फैलीएकाे छ ।  यो रोग गाउँमा फैलीए तिन महिना पुरा भैसकेको छ ।

यो रोग संक्रमण भएपछी गाईगोरु हिड्न नसक्ने शरिरमा फोका आउने,मुखबाट फिँज निकाल्ने,दानापानी नखाने,पातलो दिशा गर्ने, छाला जाने र घाउँ बस्ने बसेको घाउमा किरा परेपछी मृत्यु हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर