बाजुरा/ बडिमालिका नगरपालिका वडा.नं ७ मा जंगली दुम्सीको आतंक बढ्दै गएको छ । दुम्सीको आतंक बढेसंगै किशानहरुको आलुबाली नष्ट हुदै गएको छ । पछिल्लो समय जंगली दुम्सीका कारण किशानहरुले खेतबारीमा लगाएको तरकारी नाश हुदै आएको छ । पशिना बगाएर लगाएको तरकारी खेती तथा अन्नबालीमा यसरी जंगली दुम्सीले बिनाश गरीदिदा किशानहरुमा निराशा छाएको छ । बषौदेखी यसरी प्राय नाश नभएको तरकारी तथा अन्नबाली यो बर्ष जंगली दुम्सीले अत्याधिक नाश गरेको पाइएको छ । सोहि वडाको खिरीडा,भुजुन्तोला,मलेसैन,गुल्डुङग्रा,बकेजुल,चदारेकुडा,ढम्कने लगायत अन्य आसपासका क्षेत्रमा दुम्सीको आतंक अत्याधिक रहेको पाइएको छ । किशानहरुले मेहेनत गरेर लगाएको आलुबाली एकाएक दुम्सीले सत्यानाश पारेको छ । लगातार एकदुई बर्ष राम्रो उत्पान हुन थालेको आलुवाली यो बषर््ा जंगली दुम्सीले पुरै सखाप पारेको छ । कडा मेहेनतका साथ आलुवाली जोगाउन खेतमै सुतेर,आगो बालेर घेरवार गरेर पनि आलुवाली जोगाउन नसकिएको स्थानियले बताउदै आएका छन ।
लाउलाउ खाउखाउ भन्ने बेला यसरी जंगली जनावरले सबै आलुवाली नष्ट गरीदिदा दुखी,गरीव परिवामा चिन्ताको बिषय बनेको छ । आलुवाटै गरीव दुखी परिवारले आर्थिक अवस्था धान्दै आएका थिए त्यसैमा सबै आलुवाली नष्ट हुँदा के खाने के लाउने भन्ने गरीब परीवामा चिन्ता को बिषय बनेको छ । धनी मानिस बजारको चामल किनेर खालाउन हामी गरीब परिवारले आलु नै पकाएर खान्थ्यौ अब त्यो सपना पनि सकिएको गरीव परिवारका बासीन्दाले बताएका छन । आफुलाई खान पुगेर बेचेर केहि पैशा पनि आम्दानी हुन्थ्यो त्यसैबाट घर खर्च चलाउन,नुन,तेल,दाल,चामल,लुगाकपडा किन्न हुन्थ्यो अब त्यो सपना पुरा नहुने स्थानियले बताएका छन । वडाको गुल्डुङग्रा र खिरीडामा जंगली दुम्सीको अत्याधिक आतंक बढेको छ त्यहाँ लगाएका सबै स्थानियका आलु दुम्सीले उल्टेर सखाप पारेको छ र किशानहरुमा अत्याधिक चिन्ताको बिषय बन्दै गएको छ । यति मात्र हाेइन जंगली बदेल, बाँदर,काे पनि अलि अातंक बढ्रदै गएकाे छ खेतबारी नष्ट हुदै गएकाे छ ।

जंगली दुम्सीको आतंक घटाउन स्थानियले जनप्रतिनिधि संग पहलको माग गरीरहेका छन । दुम्सीबाट आलु बचाउन घेरबार को पनि स्थानियले माग गर्दै आइरहेका छन । वनपा ७ आलुको पकेट क्षेत्र भएकाले त्यहाँका हरेक ठाँउमा आलु उत्पादन राम्रो हुन्छ तर जंगली जनावरबाट बचाउन नसक्दा अलि आलु उत्पादनमा समस्या भएको पाइन्छ । वडामा आलु राम्रो फल्छ र वडालाई आलुबाट आत्मनिर्भर बनाउन पनि सकिने छ तर जंगली जनावरबाट आलु टाढा रहन सक्दैनन बर्ष बर्ष जनावरको आतंक बढ्नाले आलु उत्पादन राम्रो हुन सकिरहेको छैन । जंगली जनावरको आतंक कम गर्न र आलु बचाउनको लागी स्थानियले बेलाबेला पहलको माग गर्दे आइरहेका छन ।





