युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा/ जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १,२ र ३ मा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण गरी दिएको छ।

नेपाली नागरिकता प्रमाणपत्र प्राप्त गरेको व्यक्तिलाई राष्ट्रिय परिचयपत्र वडा बाट प्राप्त गरेका रुजु गर्ने अधिकारी धनविर बुढाले बताएका छन। वडा कर्मचारी तिन जना थप कर्मचारी खटाएका हरुलाई राष्ट्रिय परिचयपत्र प्रमाणीकरण गरेर स्थानीयलाई दिइने गरेको छ। वडामा रहेका स्थानीय वृद्ध अपांग असहाय व्यक्ति विशेषगरी सहज गराउन उदेश्यका साथ गरिएको बताएको छ।

सबै वडा कार्यालय बाट राष्ट्रिय परिचयपत्र प्राप्त सहज रुपमा प्रदान गरिने भएको छ। जेष्ठ २५ गतेदेखि यही महिनाको ३० गतेसम्म राष्ट्रिय परिचयपत्र प्रदान गरिने भएको छ। गाउँमा रहेकोे स्थानीय लाई वडामै बोलाएर वडा कार्यालय बाट राष्ट्रिय परिचयपत्र सेवा सुबिधा प्राप्त गरेका छन। गाउँपालिका वडा नम्बर १ नम्बर वडा कार्यालय बिच्छ्या २ नम्बर वडा कार्यालय कोट र ३ नम्बर वडा कार्यालय बौडीमा राष्ट्रिय परिचयपत्र प्रमाणीकरण गरी वितरण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर