युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा- जिल्लाकाे बडिमालिका नगरपालिका वडा नम्बर-५, मनामा पशुपालक कृषकका लागि एकदिने तालिम सम्पन्न भएको छ।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष २०७९/८०को बार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्रा ब्लक कार्यक्रम अन्तर्गत एकदिने तालिम संचालन भइ समापन भएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका अधिकृत सिद्धराज जैशिले बताउनु भएको छ।गोष्ठीको उद्घाटन कार्यक्रममा बडिमालिका नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धरमपाल मिजार ,जिल्ला समन्वय समिती सदस्य लक्ष्मी बुढा साउंद ,वडा सदस्यहरुको उपस्थिति रहेको थियो भने तालिममा बाख्रा ब्लक कार्यक्रम अन्तर्गत निर्माण गरिएका समुहका पदाधिकारी तथा सदस्यहरु गरि २६ जनाको सहभागीता रहेको थियो।

तालिममा व्यावसायिक बाख्रा पालन कसरी प्रभावकारि बनाउने, विभिन्न बाख्राका जात सम्बन्धि जानकारी तथा व्यावसायिक बाख्रा पालनको महत्त्वका बारे सहभागीहरुलाइ प्रष्ट पारिएको थियो। तालिमको सहजीकरण पशु सेवा बिज्ञ केन्द्र बाजुराका कार्यक्रम अधिकृत सिद्धराज जैशी र पशु प्राबिधिक दिपक बुढाले गर्नुभएको थियो।बाख्रा ब्लक कार्यक्रम अन्तर्गत मनाका पशुपालक कृषक हरुलाइ बाख्रा वितरण गरिने पशु सेवा बिज्ञ केन्द्र बाजुराका अधिकृत सिद्धराज जैशिले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर