बाजुरा / जिल्लाको बुढीगंगा नगरपालिका वडा न . ६ फालासैनमा आयोजित बार्जु महोत्सवको आज पाँचौ दिन गायक चक्र बम लगायतको प्रस्तती रहेने भएको छ ।
बार्जु सभ्यताको पहिचान समृद्धिको सहयात्रा भन्नेमुल नाराका साथ सुदुर साहित्य प्रतिष्ठान बाजुरा द्वारा आयोजित प्रथम बार्जु महोत्सव यहीँ बैशाख २० गते देखि संचालन भएको थियो । महोत्सव यहिँ बैशाख ३० गते सम्म चल्नेछ । आयोजक सुदुर साहित्य प्रतिष्ठान बाजुराका अनुसार आज अर्थात आइतवार चक्र्र बम् रामचन्द्र बोहरा छत्र साँउद, मोडेल इप्सल सञ्ज्याल लगायतका स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । साथमा स्थानिय कलाकारका प्रस्तुती संगै स्थानिय झाकीहरु समेत प्रस्तुत गरिनेछन् ।
आज समृद्धिका लागी बार्जु सम्बाद अन्तरगत बाजुराको शैक्षिक गुणस्तर सुधारका सुचक र जिम्मेवारी बिषयक सम्बाद संचालन गरिनेछ जसको सहजिकरण नेपाल पे्रस युनियनका निवर्तमान केन्द्रिय सदस्य दयाराम पण्डितले गर्नेछन् ।आज साहित्यिक रचना समेत बाचन पनि हुनेछ । सनिवार बाल गायक सुप्रिम मल्ल, डम्मर बिश्वकर्मा, हिकमत शाही क्षितिज, दिपेन्द्र ओली लगायत अन्य स्थानिय कलाकारको प्रतुती रहने बताइएको छ । दर्शकहरुको समेत बाक्लो उपस्थिति थियो । दर्शकहरुको उपस्थिति दिन प्रतिदिन बढ्दै जाने अपेक्षा आयोजक कमिटीले दावी गरेको छ । यो संगै हिजो समृद्धिका लागी बार्जु सम्बाद अन्तरगत बाजुरा समृद्धिका अवसर र चुनौती बिषयक सम्बाद संचालन गरिएको थियो। । जसको सहजिकरण नेपाल प्रेस चौतारी सुदुर पश्चिम् प्रदेशका अध्यक्ष कृष्ण ओलीले गरेका थिए ।





