युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाका ६९ वडा मध्ये ५३ वडा कार्यालय सचिव विहिन अवस्थामा रहेका छन् । नौ वटा पालिका रहेको बाजुरामा ६९ वडा रहेका छन् । तीमध्ये १६ वटा वडा कार्यालयमा सचिवको दरबन्दी रिक्त छ । वडा सचिव नभएका वडाहरुमा गाउँपालिकाका प्राविधिक र अन्य कर्मचारीले सेवा दिइरहेका छन । कतिपय ठाउँमा एक जना वडा सचिवले दुई दुई वटा वडा कार्यालय हेर्नु पर्ने बाध्यता छ ।

जिल्लाको हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिकामा एक जना पनि वडा सचिव छैनन । ७ वटा वडा रहेको हिमाली र ६ वटा वडा रहेको जगन्नाथका कुनै पनि वडामा वडासचिव छैनन ।

गाउँपालिकाका केही वडामा सचिव भए पनि कर्मचारी समायोजनमा घरपाई सरुवा भएर गए पछि दरवन्दि रिक्त रहेको जगन्नाथ गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

उहाँले सवै वडा सचिव विहिन बने पछि प्राविधिक फाँटका अहेव र अनमीलाई जीम्मा दिएर सेवा सञ्चालन गरीएको बताउनुभयोकाे छ । वडा सचिव नहुदा जन्म, मृत्यु बसाई सराई जस्ता सामान्य काम प्रशासनका कर्मचारी मार्फत गाउँपालिकाबाट हुने गरेको हिमाली गाउँपालिकाका सुचना प्रविधि अधिकृत सागर रोकायाले बताएका छन् ।

त्यस्तै त्रीवेणी नगरपालिका सवै वडामा पनि वडा सचिव छैनन । नांै वटा वडा रहेको नगरपालिकाका कुनै पनि वडामा वडा सचिव नभएका निमित्त प्रमुख प्रशासकिय अधिकृत चीरन्जीवी शाहले जानकारी दिनुभयो । उहाँले वडा सचिव नहुदा प्राविधिक क्षेत्रका स्वास्थ्य, कृर्षि र भेटेनरी तर्फका कर्मचारीबाट सेवा प्रवाह हुदै आएको बताउनुभयो ।

स्वामीकार्तिक खापर गाउँपालिकाका पाँच वडा मध्ये तीन र चार वाहेक अन्य वडा कार्यालय सचिव विहीन छन् । वडा नं १, २ र ५ मा वडा सचिव नहुदा सेवा प्रवाहमा समस्या भएको प्रशासन शाखा प्रमुख कुमेर बहादुर शाहीले बताउनुभयो ।

सचिव विहिन रहेका वडामा प्राविधिक तर्फका स्थायी कर्मचारी सभ ओभरसियरबाट सेवा दिने गरीएको उहाँले बताउनुभयो । गाउँपालिकाका केही वडामा लामो समय देखि सचिव विहिन भएको प्रदेश लोक सेवा आयोगलाई जानकारी गराए पनि पदपुर्ति हुन नसकेको शाहीले बताउनुभयो ।

१० वटा वडा रहेको बुढीनन्दा नगरपालिकामा दुई जना मात्रै वडा सचिव छन् । यस अघि तीन जना वडा सचिव भए पनि एक जना बढुवा भएर जिल्ला प्रशासन कार्यालय बाजुरा गए पछि दुई जना वडा सचिव मात्रै रहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सन्तोष शाहले जानकारी दिनुभयो ।

लामो समय देखि नगरपालिकामा दरवन्दी अनुसारका वडा सचिव नहुदा सेवा प्रवाहमा कठिनाई भएको अवस्थामा २ जना वडा सचिवबाट सवै वडाको कामकाज हुदै आएको बताउनुभयो ।

केही पालिकाको जीम्मेवारी छदैछ, त्यसैमा वडाको जीम्मेवारी थपिदा कामको चाप बढेको अवस्थामा प्रयाप्त जनशक्ति नहुदा समस्या भएको बताउनुभयो । दुई जना वडा सचिवले दश वटै वडाको कामकाज गर्नु पर्ने बाध्यता भए पनि ब्यक्तिगत कार्यले विदामा रहदा असहज हुने गरेको शाहले बताउनुभएको छ ।

जिल्ला सदरमुकाम समेत रहेको बडिमालिका नगरपालिकाका पाचँ वटा वडा लामो समय देखि वडासचिव विहिन छन् । नगरपालिकाका नांै वटा वडा मध्य चार वडामा वडा सचिव भए पनि अन्य पाचँ वडामा सचिव नभएको निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल विकले बताउनुभयो ।

उहाँका अनुसार वडा नं चार, सात, आठ र नांै मा वडा सचिव भए पनि एक, दुई, तीन, पाचँ र ६ मा वडा सचिव छैनन । वडा सचिव नभएका केही वडामा प्राविधिक स्थायी कर्मचारीबाट सेवा दिने गरीएको र केही वडामा अन्य वडाका वडासचिवलाई थप जीम्मेवारी दिईएको उहाँले बताउनुभयो ।

गौमुल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगदिस प्रसाद भट्टले पालिकाका केही वडामा वडा सचिव नभएको बताउनुभयो । गाउँपालिकाका ६ वटा वडा मध्य चार, पाचँ र ६ मा वडा सचिव भए पनि एक, दुई र तीनमा वडा सचिव नभएका बताउनुभयो । उहाँले कर्मचारी अपुग भएको र कामको चाप बढेकाले वडा नं तीनका वडा सचिवलाई गाउँपालिकामा बोलाउनु पर्दा वडा नं तीन सचिव विहिन बनेको बताउनुभयो । वडा सचिव नभएका वडामा प्राविधिक कर्मचारीबाट सेवा दिने गरीएको उहाँले बताउनुभयो ।

त्यस्तै सात वटा वडा रहेको खप्तड छेडेदह गाउँपालिकामा तीन वटा वडामा मात्रै वडा सचिव छन । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णराज जोशीका अनुसार वडा नं एक, पाचँ र ६ मा वडा सचिव छन भने दुई, तीन चार र सातमा वडा सचिव छैनन । उहाँले दरवन्दि अनुसारका कर्मचारी नहुदा भएका कर्मचारीबाट काम चलाउने काम भएको बताउनुभयो ।

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले नगरपालिकाका दुई वडा वाहेक अन्य वडामा वडा सचिव नभएको बताउनुभएको छ । उहाँका अनुसार १० वटा वडा रहेको नगरपालिकामा वडा नं चार र पाचँ वाहेक अन्य एक, दुई, तीन, ६, सात, आठ, नांै र दशमा वडा सचिव छैनन । वडा नं १० मा कम्युटर अफरेटर र अन्य वडामा भएका वडा सचिवबाट कामकाज गर्ने गरीएको उहाँको भनाई छ । कुनै कुनै ठाउँ त एक जना वडा सचिवले दुई दुई वडा कार्यालय हेर्नु पर्ने बाध्यता रहेको समेत उहाँले बताउनुभएको छ ।

स्थानिय तहमा वडा सचिव सहित दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या थपिदै आएको छ । लामो समय देखि वडा सचिव विहिन बनेका बाजुराका सवै स्थानिय तहले समयमा कर्मचारी नपाउदा कामकाजमा असहज भएको बताएका छन । प्रदेश लोक सेवा आयोगबाट दरवन्दि अनुसारका स्थायी कर्मचारीको ब्यवस्थापन नहुदा समस्या भएको जनप्रतिनिधिको गुनासो छ ।

त्यसैमा सुदरपश्चिम प्रदेश सरकारले समयमा आयोग खोल्न नसक्दा कर्मचारी पदपुर्ति हुन नसकेको जनप्रतिनिधिको गुनासो छ । दरवन्दि रिक्त रहेको ठाउँमा पदपुर्तिका लागि स्थानिय तहले प्रदेश लोक सेवा आयोगमा विवरण पठाए पनि आवश्यक कर्मचारी पाउन सकिरहेका छैनन् ।

  •                                                साभार बुढीनन्दा खबर

प्रतिक्रिया

सम्बन्धित खवर