युनिकोड    राशिफल    एफएम रेडियाे                        

युबराज बडुवाल / जिल्लाको बुढीगंगा नगरपालिका वडा न . ६ फालासैनमा हुने प्रथम बार्जु महोत्सवको भाेली देखी सञ्चालन गरीने भएकाे छ । सुदुर साहित्य प्रतिष्ठान बाजुराको आयोजनामा नयाँ बर्ष नयाँ उत्सव भन्ने मुल नाराका साथ महोत्सवको आयोजना गरीएकाे बताएकाे छ । वैशाख २० गते अर्थात भाेली देखि  ३० गतेसम्म  १० दिनसम्म चल्नेगरि महोत्सवको आयोजना गरीएकाे आयोजक मुल कमिटीका संयोजक नरेन्द्र थापाले बताएका छन् ।

आयाेजना गरीएकाे यो महोत्सवबाट समग्रमा जिल्लाको आर्थिक, सामाजिक तथा सास्कृतिक बिकास, कला र सस्कृतिको जगेर्ना, स्थानीय कलाकारको सम्मान, जिल्ला भित्र रहेका आसपासका धार्मिक एवम् पर्यटकिय स्थलको प्रचार प्रसार, समग्रमा पर्यटन पर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थापाले बताएका छन् ।

स्थानीय कला सस्कृतिको संरक्षण र सम्बर्द्धन र बिकास सवैको साझा दायित्व भएकाले महोत्सव संचालनमा सवैले साथ सहयोग गर्ने अपेक्षा आयोजकले लिएको थापाले बताउनुभयो । जिल्लामा जुनसुकै कुरामा पनि राजनीति करण बढी हुन्छ भन्ने कुरा सुन्नमा आउने गरेको बताउदै जिल्ला स्थित सवै राजनीति दलको सहकार्य, समन्वय र सहयोगमा महोत्सव संचालन गरिने थापाले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर