युनिकोड    राशिफल    एफएम रेडियाे                        

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छ्न् ।

हिजो साँझ ९.४० बजेको समयमा जिल्लाको मालिका गाउँपालिका- २ खल्टिङ्ग्खोला भन्ने स्थानमा लु १ च ९९११ नम्बरको जिप दुर्घटना हुँदा बाग्लुङको बडिगाड गाउँपालिका – बलघासका १८ वर्षीय किशोर केसीको मृत्यु भएको हो ।

उनी त्यस जिपका सहचालक भएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी ड्डिल्ली नारायण पाण्डेले जानकारी दिए । त्यस्तै, सोही स्थानका जिप चालक २१ वर्षीय प्रेम बहादुर केसीको ढाडमा चोट लागेको र अवस्था सामान्य रहेको बताइएकाे छ। उनकाे उपचार भइरहेकाे छ।

प्रहरस्का अनुसार दर्लिङ्गबाट भिमगिठे तर्फ जादै गरेको जिप एक्कासी ब्रेक फेल भै सडक देखि करिव १५० मिटर तल खसेको थियो ।

जिपमा अरु सवार भए/नभएको प्रहरीले खुलाएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर