दाङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार करेन्ट लागेर जिल्लाको गढवा गाउँपालिका– ७ चन्दनपुर बस्ने ४० वर्षीय मान बहादुर वलीको आइतबार राति मृत्यु भएको हो ।
आफ्नै घरमा रहेको फर्ममा बल्ब फेर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सरुमा अस्पताल लमहीमा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





