युवराज बडुवाल / बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिकामा ‘हरेक वर्ष, खेल पर्व भन्ने मुल नाराका साथ यस बर्षको चौथो छेडेदह कप ,खुला फुटबल प्रतियोगिता आज बाट सञ्चालन गरिने भएकाे छ ।
असोज २२ गते देखी २८ गतेसम्म संचालन हुने फुटवल प्रतियाेगीता बिभिद कारणा (असाेज २६ ) बुधवार आज बाट सञ्चालन गरिने भएकाे छ । हरेक बर्ष दशै र तिहारलाई लक्षित गरी हुँदै आएको प्रतियोगिता आज बाट संचालन हुँने भएको हो ।
खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीको पहिचान गर्ने , स्थानीय स्तरमा फूटवल प्रतिको चाहना उजागर गराउन, खेल क्षेत्रमा युवा आकर्षण बढाउनु र खेल क्षेत्रमा विकासमा योगदान गर्नु खेलको मुख्य उद्धेस्य रहेको खेल संयाेजक कृष्ण ओलीले बताएका छन् ।
राष्ट्रिय फूटवल क्लवहरु तथा स्थानीय क्लवहरुको सहयोग तथा सहाभागिता रहने भएका छन् । त्यसै गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुद्वारा खेल प्रदर्शन गर्नुका साथै पहाडको सुन्दर उपत्यका आटीचौरलाई खेल नगरीका रुपमा विकास गर्ने पनि रहेको ओलीले जनाएको छ । उक्त प्रतियोगितामा १५ बढी टिमकाे सहभागिता रहने अनुमान गरिएको ओलीले बताएका छन् ।
प्रतियोगितामा प्रथम पुरस्कार : रु.२,३३,३३३। र द्धितीय पुरस्कार : रु.१,२२,२२२ राशी रहेने भएको छ ।त्यसै गरी पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था साथै पाँच जनालाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने आयाेजकले जनाएको छ ।
टिम दर्ता शुल्क रु १२,०००। र धरौटी रकम (पछि फिर्ता हुने गरी) रु ३,०००। तिर्नु पर्ने खेल संयाेजक कृष्ण ओलीले बताएका छन् ।





