युबराज बडुवाल / बाजुरा जिल्लामा सञ्चालन गरिएको महाेत्सवले बिद्यार्थी हरूकाे पठनपाठनमा ठुलो क्षति पुर्याउने भएको छ ।
राष्ट्रिय परिक्षा बाेर्डले एसईई परिक्षा यहीँ चैत १७ गतेदेखि सुरू गर्ने जानकारी दिएको छ । आज चैत ३ गते ( शुक्रबार ) देखि जिल्लाकाे सदरमुकाम मार्तडीमा प्रथम खप्तड मालिका उद्योग कृषि पर्यटन तथा व्यापार महाेत्सव सञ्चालन गरिएकाे छ ।
एसईई परिक्षा नजिकिएसंगै ट्युसन कक्षा पढ्न अन्य कक्षाहरू पढ्नका लागि अधिकाक्षं बिद्यालयका बिद्यार्थी सदरमुकाम मार्तडी केन्द्रित भएको मालिका माविका सुचना अधिकारी सेर बहादुर रावलले बताएका छन् ।
रावलले भने यो सञ्चालन गरिएको महाेत्सवले बिद्यार्थीकाे पठनपाठनमा निकै ठुलो क्षति पुर्याउने भएको छ ।
यहीँ चैत ५ गतेदेखि जिल्ला भरिमा कक्षा १ देखि ९ कक्षा सम्मको परिक्षा सञ्चालन हुदैछ । त्यो लगत्तै एसईई परिक्षा पनि सञ्चालन गरिने रावलले बताएका छन् ।

एसईई परिक्षाकाे ट्युसन कक्षा पढ्न जिल्लाकाे सदरमुकाम मार्तडीमा बिद्यार्थी हरूकाे चाप पनि अधिक्तम बढ्दो क्रममा छ । एसईई परिक्षा केन्द्र मालिका माविमा जिल्लाका ५ बढी बिद्यालयका एक हजार बढि बिद्यार्थी आउन्छन् । टाढादेखि आएका बिद्यार्थी काेठा लिएर बस्नु पर्छ । पढ्न आएका बिद्यार्थीकाे ध्यानाकर्षण पढाई प्रति नभई महाेत्सवमा फाेकस हुने रावलले बताएका छन् ।
यस महाेत्सवले बिद्यार्थीकाे पठनपाठनमा बाधा पुर्याउने उनले बताएका छन् ।





