गायिका समीक्षा अधिकारीको नयाँ गीत सा’र्व’जनिक भएको छ । शनिबार खत्री सुवास युट्युब च्यानलमार्फत ‘रूँ’दै हिँड्नु पर्छ’ बोलको गीत सार्वजनिक गरिएको हो ।
वि’यो’गान्त गीतमा गायिकाद्वय समीक्षा अधिकारी, सुनिता बुढा क्षेत्री र सुवास खत्रीको स्वर छ । सुजित खत्रीको शब्द, हेमन्त कान्छा रसाईलीको संगीत एवं एरेन्ज रहेको गीत गायक खत्रीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
बुढी आमा र भर्खर विवाह गरेकी श्रीमतीलाई छाडेर सुनौलो सपना बोकेर विदेशी हिँडेका युवाहरूको पी’डा र व्य’थालाई गीतमा समेटिएको छ ।
गरि’वीका कारण परिस्थितिले परदेशिन वाध्य युवाहरूको पी’डा र व्यथालाई गीत र भिडियोले पेस गरेको छ । विशाल घिमिरे निर्देशित गीतको भिडिओमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ ।





