बाजुरा / बाजुरा जिल्लाको पुर्वी उत्तरि भेगमा रहेकाे जगन्नाथ गाउँपालिका १ मा अबिरल बर्षासंगै आएको पहिरोले घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना महिला घाईते भएकी छन् ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का अन्दाजी ४५ बर्षिया प्रभुलाल गिरी र घाईते हुनेमा उनकी आमा रहेकी छन् । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रभुालाल गिरीको मृत्यु र उनकी आमा घाईते भएको भन्ने जानकारी पाउना साथ प्रहरी टोली खटिगई स्थानीयको सहयोगमा घाईतेको उद्दार गरि उपचारको लागि कोल्टी प्राथमीक स्वास्थ्य केन्द्रमा पठाएको र मृतकको पोष्टमर्टमको लागि समेत कोल्टी पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।





