युनिकोड    राशिफल    एफएम रेडियाे                        

हेटौंडा उपमहानगरपालिका–१७ हटियाको कठायत चोकमा मोटरसाइकल र स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ, दुई जना घाइते भएका छन् ।

बुधबार बिहान हेटौंडाबाट ठूलो दमारतर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाइकल र बिपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–०५ प ७११ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ भालुखोलाका अन्दाजी १८ बर्षका अर्जुन भम्जनलाई हेटौंडा अस्पताल पुर्‍याउनासाथ डाक्आटरले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

यसैगरी स्कुटर चालक नुवाकोट ककनी गाउँपालिका–४ कि अन्दाजी २८ बर्षीया जिना लामालाई थप उपचारका लागि भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

मोटरसाइकलको पछाडि सवार हेटौंडा–१८ रामधुनिका १६ बर्षीय सुजन घलानको टाउको, छाती, हात तथा खुट्टामा चोट रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी स्कुटर पछाडि सवार मकवानपुरको बागमती गाउँपालिका–८ शान्तिपुरकी अन्दाजी २४ बर्षकी ललिता थापाको चुरेहिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर