युनिकोड    राशिफल    एफएम रेडियाे                        

धनगढी /बुधबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा पहिरो जाँदा सडक अवरुद्ध भएका छन्  ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ अन्तरगत पर्ने भिमदत्त राजमार्गको साहुखर्कमा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ । त्यस्तै गन्यापधुरा गाउँपालिका २ रडुवामा पनि पहिरो जाँदा  केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । बझाङको बित्थडतिर गाउँपालिका १ मा पर्ने भाराभिरकटरमा करिब ४ मिटर लम्बाइको वाल भत्किदा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

दार्चुलामा पनि पहिरो जाँदा आवागमनमा समस्या भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ६ पनेबाजमा पहिरो खस्दा गोकुलेश्वर सडक खण्ड अवरुद्ध भएको छ । सोहि  सडक खण्ड अन्तरगत  नकतड भन्ने ठाउँमा पनि माथिबाट माटोको ढिस्को खस्दा आवागमन बन्द भएको प्रदेश प्रहरी प्रवक्ता भोला बहादुर रावलले बताए  ।

उनले भर्ने अबिरल बर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा यात्रुलाई निकै सास्ती भएको छ । सबै अवरुद्ध सडक खुलाउन डोजर पठाइसकेको छ, अब चाँडै सडक सुचारु हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर