युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / जिल्लाको बडिमालिका नगरपालिका वडा न .४ रिलाका ५२ बर्षिया हर्क नाथ बिगत लामो समय देखि तरकारी खेती गर्दै आउनुभएको छ । उहाँ बिहान बेलुका दैनिक आफ्नै तरकारी बारीमा व्यस्त हुनुहुन्छ । अझ भनौं उहाँलाई अरु कुराको न त चासो न त चिन्ता नै छ । घरदेखि टाढा खेतमा एक्लै बस्नुहुन्छ । उहाँले तरकारी फलाएर बेच्न थालेको करिव २० बर्ष भयो । सुरुमा आफ्नै खेतबारीमा सानो ठाउँमा तरकारी खेती गर्ने उहाँ अहिले अरुको जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ ।व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका नाथको आफ्नै नाथ बहुउद्देश्यीय तरकारी फर्म छ । उहाँको तरकारी बारीमा अहिले पनि विभिन्न किसिमका तरकारी फलिरहेका छन् ।

तरकारी खेति सुरु गरेपछी उहाँले अननबालीको खेतिपाती भने हहिले छोड्नु भएको छ । अहिले बारीमा विभिन्न तरकारीको बिऊ राख्नुभएको छ । अव तरकारी लगाउने तयारीमा उहाँ हुनुहुन्छ । सुरुमा साविककको बुढीगंगा गाविस हालको बडिमालिका नगरपालिका वडा न . ६ जडाङ्गामा रहेको नेरा मा.विमा १५ बर्ष सम्म कार्यालय सहयोगी भएर काम उहाँले गर्नुभयो । सुरुमा रु २०० मा काम गर्न सुरु गरेको उहाँले बताउनुभयो । गाउँमा बिद्यालय नहुँदा टाढा बुवा आमाले पढ्न नपठाएपछी बिद्यालय पढ्न पाउनुभएन। गाउँ नजिक बिद्यालय थिएनन् ।

उहाँले भन्नुभयो । “पढ्नका लागी मार्तडी र भानोदय जानुप्रथ्यो । घरको अवस्था पनि नाजुक थियो । खान लाउन त पुग्दैन थियो पढ्नु त टाढाको कुरा हो ।बुवा आमाले पढाएनन । संगैको कोही सरकारी जागिरे छन्” । बिद्यालय पढ्न नपाएपनी करिब ५ पटक छ महिने प्रौढ कक्षा आफुले पढेको उहाँले बताउनुभयो । बाल्यकाल खेतीपाती गर्दै गाई भैसीको गोठालो लाग्दै बिताएका उहाँले १५ बर्ष बिद्यालय सहयोगीको रुपमा काम गरेर बिताउनुभयो । उहाँका तीन वटा छोरा दुई वटा छोरी गरि ५ सन्तान रहेका छन् ।

कार्यालय सहयोगीको जागिरले घर खर्च चलाउन छोराछोरीको पठनपाठन गर्न निकै समस्या भयो । २०० बाट सुरु गरेको जागिर १५ बर्ष सम्म पनि मात्र ६ हजार पुग्यो । परिवार पाल्न निकै धौधौ थियो । “दिउँसो बिद्यालय जान्थे बिहान बेलुका काम गरेर आफ्नै बारिमा तरकारी फलाउन्थे । र मार्तडी बेच्न जान्थे । त्यसैबाट घर खर्च र छोराछोरीको पढाई लत्ताकपडा किन्न पुग्थ्यो । बिस्तारै तरकारी खेती बढाउदै आए त्यसपछि परिवार धान्न मात्र नभई केही आम्दानी पनि हुन थाल्यो । तर पुरै समय तरकारी खेतीमै खर्चिन पाएको थिएन दिउँसो बिद्यालय जानैप्रथ्यो। बढी समय दिएर तरकारी खेतीमात्र गर्न पाए हुन्थ्यो भने मनसाय बनाए र २०७२ सालमा बिद्यालयको कार्यालय सहयोगी छोडेर तरकारी खेतीमात्र गर्न थाले ” । उहाँले भन्नुभयो।

तरकारी खेतीबाटै १० लाख भन्दा बढीको तरकारी बेचेर ४ लाख बढी आम्दानी

आफैले तरकारी फलाएर बार्षिक १० लाख भन्दा बढीको तरकारी बेचेर ४ लाख बढी आमदानी हुने गरेको उहाँ बताउनुहुन्छ । २०७२ सालमा बिद्यालय कार्यालय सहयोगीको जागिर छोडेर जडाङ्गामा सुरुमा आफ्नै थोरै लगानीमा आफ्नै बारीमा तरकारी खेती सुरु गरेको उहाले बताउनुभयो । उहाँका अनुसार त्यतिवेला तिपाडामा बजार थिएन । तरकारी बेच्न मार्तडी नै जानुपर्ने हुन्थ्यो । आफुले फलाएको तरकारी बजारमा लगेर बेच्नुहुन्थ्यो । सवै तरकारी बिक्दैन थियो । बिस्तारै तरकारी खेती बढाउदै गएपछि आमदानी पनि बढ्दै गएको उहाँको भनाई छ ।

२० बर्ष अगाडि देखि तरकारी खेती गर्दै आउनुभएका नाथले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएको ७ बर्ष बित्यो । त्यो भन्दा अगाडि उहाँ जागीर र तरकारी खेती दुवै गर्नुहुन्थ्यो । बिगत ७ बर्ष यता मात्रै जागिर छोडेर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएका नाथ अहिले बर्षेनी १० लाख भन्दा बढीको तरकारी बेच्नुहुन्छ । “करिब ९ लाख लगानी गरेर १३ देखि १४ लाख बराबरको तरकारी मैले बेच्ने गरेको छु । कहिले बढी पनि हुन्छ । कहिले कम हुन्छ ।” नाथ बताउनुहुन्छ ।

कृषि ज्ञान केन्द्रबाट पाएको अनुदान पछि व्यावसाय फस्टाएको उहाँको भनाई :

लामो समय देखि तरकारी खेती गर्दै आउनुभएका नाथ उत्कृष्ट कृषकका रुपमा चिनिन थालेपछि कृषि ज्ञान केन्द्र बाजुराले थप व्यावसायिक रुपमा तरकारी खेती गर्नका लागि बार्षिक अनुदान दिदै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ । नाथलाई रु २ लाख १७ हजार अनुदान दिने गरेको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिन प्रशाद जैशीले बताउनुभयो । चुनौतीका बिच जग्गा भाडा लिएर तरकारी खेती सुरु गर्नुभएका नाथ अनुदान पाएपछि सहज भएको र ठूलो जग्गामा धेरै तरकारी फलाउदा व्यावसाय फस्टाएको बताउनुहुन्छ । यसरी नै व्यावसाय संचालन गर्न चाहानेहरुले अनुदान पाएपछि धेरै मान्छे व्यावसायमा संलग्न हुने उहाँको बुझाई छ । व्यावसाय गर्न लगानी नहुँदा धेरै युवाहरू बिदेशीने गरेको उहाँको भनाई छ । खोजेको समयमा सम्बन्धित ठाउँबाट अनुदान उपलब्ध गराएर व्यावसाय प्रती उत्प्रेरित गर्न सकेमा बिदेश जाने क्रम रोकिने र व्यावसायमा युवाहरू बढी लाग्ने उहाँको बिश्वास छ ।

जडाङ्गामा तरकारी खेती गर्दा जग्गा अपुग भएपछि उहाँले अहिले कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक सहायतामा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहनुभएको छ । जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएको पनि चार बर्ष बित्न थालेको उहाँको भनाई छ । उहाँका अनुसार जग्गाको भाडा भने कृषि ज्ञान केन्द्र बाजुराले तिरिदिने गरेको छ । समय समयमा विभिन्न प्रजातिका बिऊ समेत दिन्छ । उहाँ भन्नुहुन्छ “केही आफ्नै लगानीबाट किन्छु । कृषि ज्ञान केन्द्र बाजुराले निरन्तर तीन बर्ष देखि सहयोग गर्दै आएको छ । सुरुको बर्ष त मैले आफैले भाडा तिरेको थिए । तर अहिले भने आफुले तिर्नुपर्दैन ।”

बजारको अभावले लगाएको तरकारी बिक्री नभएपछी केही जमिनमा गहुँ छर्नुपर्ने बाध्यता:

१० रोपनीमा तरकारी खेती गर्दै आउनुभएका उहाँले गत बर्ष आफुले फलाएको तरकारी टाढा गएर पनि बेच्न सक्नुभएन । गाँउ नजिक भएका बजार र जिल्ला सदरमुकाम सम्म देनिक धाउनुपर्यो तरपनि तरकारी बिक्र्रि भएन । तरकारी बिक्री नभएपछि अहिले केही तरकारी खेती गर्ने जमिनमा गहुँ छर्नुभयो । यो उहाँको बाध्यता हो । बजारको अभाव का कारण फलाएको तरकारी बिक्री नहुदा लगाएको लगानी पनि डुव्छ कि भन्ने चिन्ता उहाँलाई लागिरहेको छ । सिचाँइको असुबिधा र बजारको अभावका कारण किसानहरुमा बितृष्ण छाउने गरेको उहाँको भनाई छ ।

उहाँ भन्नुहुन्छ “सुरुको बर्ष ९ लाख आमदानी भयो । त्यो भन्दा पछिल्लो बर्ष १३ लाख भयो । गत बर्ष भने तरकारी बिक्री भएन । अघिल्लो बर्षहरु जस्तो कमाई भएन । बजार छैन । गाउँ गाउँमा गएर बेच्नुपर्यो । तरकारी लिएर डोगडी गए कोल्टीसम्म पुगे कति तरकारी त बिक्रि नभएपछी उतै फाल्नुपर्यो । आफैले फलाएको तरकारी केही कुहिँयो केही फाल्नपर्यो निकै दुखः लाग्यो त्यसैले अहिले धेरै तरकारी लगाएन । त्यसकारण अहिले निराशा छाएको छ । तरकारी त जतिपनी फलाउन्थे तर बेच्नलाई बजार छैन । फलाएर के गर्नु” ?

उहाँ एक बर्षमा तिन वटा सिजनमा तरकारी फलाउनुहुन्छ । फरक सिजनमा फरक तरकारी फलाउने गरेको उहाँले बताउनुभयो । तर केही तरकारी भने तीन वटै सिजनमा पनि फलाउदै आउनुभएका उहाँ टमाटर, मोटर,रायो मुला, फुल गोपी, बन्द गोपी, खुर्सानी, गोलभेडी भिन्डी, आलु , धनिउँर प्याज चिचिन्डा, तितेकरेला लसुण, लौका फर्सी को तरकारी खेती गर्नुहुन्छ ।

जागिर गरे आफु मात्र रोजगार भैईन्छ : व्यावसाय गर्दा अरुलाई पनि रोजगारी दिन सकिन्छ ।

व्यावसायिक रुपमा तरकारी खेती गर्नुपुर्व नाथलाई परिवार चलाउन मुस्किल हुन्थ्यो । छाक टार्न धौधौ हुने पारिवारबाट अभावै अभावका बीच हुर्केका नाथ अहिले अरुलाई रोजगारी दिईरहेका छन् । गत बर्ष उहाँले दुई जनालाई रु १५ हजार पारिश्रमिक दिएर रोजगारी दिनुभएको थियो । तर यो बर्ष भने एक जना मात्र उहाँ संगै काम गर्दै हुनुहुन्छ । जसरी समय एकनासो हुँदैन त्यस्तै मान्छेको जीवन हो । कहिले सुख कहिले दुःख प्रकृतिको नियम हो । व्यावसायले नाथको जीवन फेरियो । उहाँले ५ छोराछोरीको पालन, पोषण गर्नुभयो ।

कुनैपनी छोराछोरीलाई पढाईबाट बन्चित हुन दिनुभएन । दुई छोरालाई बिदेश समेत यहीँ तरकारी खेतीबाट पठाउनुभयो । उहाँका अनुसार उहाँको जेठो छोरा दुवैइमा छन् अर्का माहिलो छोरा मलेसियामा छन् । तिन छोराछोरीहरु अहिले जिल्ला सदरमुकाममै पढिरहेका छन् । उहाँ आफ्नो व्यावसायबाट खुसी हुनुहुन्छ । र त भन्नुहुन्छ “म मेरो व्यावसायबाट सन्तुष्ट छु । कुनै बेला परिवार पाल्न धौधौ हुन्थ्यो अहिले एक जना कामदार राखेको छु । एक चोटि सफलता मिल्दैन सोचेजस्तो प्रतिफल प्राप्त गर्न सकिदैन तर निरन्तरताले सफल बानाउन्छ । मैले तरकारी खेती गरेर बेच्न थालेको करिब दुई दशक पछिको सफलता हो ।” त्यसैले अन्यलाई पनि सकेसम्म व्यावसायमा लाग्न मेरो आग्रह छ ।

स्वदेशमै बसेर केही गरौँ  पेट पाल्न बिदेशै जानुपर्दैन :

उहाँ संगैको उहाँकै गाउँको धेरै जना युवाहरू भारत लगायतका अन्य देशमा रोजगारीको शिलशिलामा जाने गरेका छन् । तर नाथलाई भने पेट पाल्नका लागि घर छोड्नुपरेन । थोरै लगानीबाट तरकारी खेती सुरु गर्नुभएका नाथ आफ्नै मिहिनेत र परिश्रमले अहिले एक सफल व्यावसायिका रुपमा चिनिदै आउनुभएको छ । गाउँमै बसेर तरकारी खेती गर्दै आएका नाथ भने एक सफल व्यावसायि बन्न पुगे । पेट पालिनकै लागि बिदेश जानुपर्छ यहाँ केही गर्न सकिन्न भन्ने मानसिकता त्याग्नुपर्ने उहाँको भनाई छ ।

युवाहरुलाई बिदेश नजान उहाँको सुझाव छ । आफ्नै ठाउँमा दुःख गरेर फरक तरिकाको व्यावसाय संचालन गर्न सक्यौं भने बिदेश नै गैइरहनु नपर्ने उहाको बुझाई छ । “आफ्नै देशमा केही गरौँ । आफ्नो श्रम र सीप यहीँ खर्चियौ भने ढिलो चाडो भएपनी एक दिन सफल भैइन्छ । बाहिर गएर कमाएको पैसा केही समयका लागि पुग्छ ।” उहाँले भन्नुभयो । नाथ अहिले व्यावसाय गर्न चाहानेहरुका लागी प्रेणाको श्रोत हुन् । दैनिक २५ हजार भन्दा बढी युवा वैदेशिक रोजगार जाने गरेको अवस्थामा ५२ बर्ष पुगिसक्नुभएका नाथ तरकारी खेतीबाटै राम्रो आम्दानी गरेर एक उद्धारणिय व्यक्तिका रुपमा चिनिदै आएका छन् ।

साभार किनारा न्युज

प्रतिक्रिया

सम्बन्धित खवर