युनिकोड    राशिफल    एफएम रेडियाे                        

बाजुरा / बडिमालिका नगरपालिका नगरकार्यपालिकाकाे कार्यालय मार्तडी बाजुराको आर्थिक बर्ष २०७९/०८० अर्धवार्षिक तथा आर्थिक बर्ष २०७८/०७९ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बडीमालिका नगरपालिकाको आयोजना र नेश्नल युथ फेडरेशन नेपाल बाजुराको सहजीकरणमा  कार्यक्रम सञ्चालन गरीएकाे थियाे ।

नगरपालिकाले वर्ष भरी गरेका योजना तथा नगरपालिका मातहतका वडा कार्यालयबाट प्रदान गरिएका सेवाहरुको पादर्शीता सुनिश्चीत गर्नका लागी सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेकाे प्रमुख प्रशासकीय अधिकृत रंगमल विकले बताएका छन् ।

कार्यक्रमका नगरपालिका मातहतका शाखाहरु स्वास्थ्य, शिक्षा, महिला तथा बालवालिका, कृषि, पशु सेवा शाखा का प्रमुख हरुले वर्ष भरी गरेका काम र गर्न नसकेका काम बारे आफ्नाे प्रतिबेदन सुनाएका थिये

नगरले गरेका समग्र कामहरुमा नागरिकको सन्तुष्टी तथा नागरिकहरुका गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  विकले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर